+
+

विहीबारका दैनिक पत्रिकामा बिजनेश खबर

अनलाइनखबर अनलाइनखबर
२०७१ कात्तिक २० गते ७:४९

विहीवार राजधानीबाट प्रकाशित भएका आर्थिक क्षेत्रका पत्रिकाहरुले अरुण तेस्रोको पीडीएमा सहमति भएको खबर प्राथमिकताका साथ छापेका छन् ।
कारोबार दैनिकले ‘अरुण तेस्रोको पीडीएमा सहमति’ शीर्षकमा मुख्य खबर छापेको छ । लगानी बोर्ड र भारतको सतलज जलविद्युत निगम लिमिटेडबीच ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजना विकास सम्झौता (पीडीए) मस्यौदामा सहमति भएको छ ।
यस्तै, अब वेबमा आधारित एकीकृत भन्सार, कृषकको खेती नष्ट गर्ने ३ उद्योगमाथि कारबाही, मोदीको लुम्बिनी भ्रमणमा एक अर्बको उपहार योजना, नेप्से ७ अंकले बढ्यो, पोखरामा बुधवारदेखि पेट्रोल सहजलगायतका खबर कारोबार दैनिकमा छ ।
नागरिक दैनिकले ‘समस्याग्रस्त प्रसारण लाइन बनाउन नेपाली सेना तयार’ शीर्षकमा मुख्य खबर छापेको छ । दर्जनौं प्रसारण लाइन निर्माण अस्तब्यस्त भइरहँदा नेपाली सेना ती आयोजना बनाउन अग्रसर देखिएको छ ।
यस्तै, अरुण- पीडीए मस्यौदामा सहमति, ५० बनाउनुपर्नेमा १५ किलोमिटर सकियो, निलो सिलिण्डरको बढी अनुगमन, आईओसी टोली आउँदै, सवारी साधन दर्ता २५ प्रतिशतले बढ्योलगायतका खबर नागरिक दैनिकमा छ ।
अन्नपूर्ण पोष्टले ‘बेमौसमी आलुको मूल्य खेतमै धार्नीको एक सय ३५’ शीर्षकमा मुख्य खबर छापेको छ । भक्तपुरको उत्तरपूर्वी गाविस सुडालका बेमौसमी आलु खेती गरेका किसानले यसवर्ष अहिलेसम्मकै उच्च मूल्य पाएका छन् ।
यस्तै, पूर्वाधार लगानी जुटाउन पि्र-आईपीओ’, ग्याँसमा सर्वसाधारणलाई मात्रै भ्याट, कोरियामा अवैध बस्ने नेपाली कामदार घटे, दक्षिण एसियालाई लगानीमैत्री बनाउँन आग्रहलगायतका खबर अन्नपूर्ण पोष्टमा छ ।
आर्थिक दैनिकले ‘माथिल्लो त्रिशुली वानको म्याद थप गरेकोमा अख्तियार रुष्ट’ शीर्षकमा मुख्य खबर छापेको छप । दुई सय १६ मेगावाटको माथिल्लो त्रिशुली ‘वान’ जलविद्युत आयोजनाको करार सम्झौतालाई फेरि एक वर्ष थप्ने मन्त्रीपरिषदको निर्णयप्रति अख्तियारले गम्भीर आपत्ति जनाएको छ ।
यस्तै, काठमाडौ-दिल्ली हवाई भाडा कालोबजारीमा एयरलाइन्स कम्पनीकै संलग्नता, राजश्वको कारबाही फुकुवापछि उद्योग सञ्चालकबीच झगडा, ब्यापारिक सम्बन्ध अभिबृद्धिका लागि आर्थिक कुटनीति आवश्यक, स्टकमा सूचीकृत कम्पनीहरुको चुक्ता पुँजी एक सय ५० अर्ब पुग्योलगायतका खबर आर्थिक दैनिकमा छ ।

annpurna-eco

arthik-eco

karobar-eco

nagarik-eco

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?