Comments Add Comment

मिस नर्सको उपाधि जित्न ४५ सुन्दरीवीच प्रतिस्पर्धा

 miss-nurse
काठमाडौ । दोस्रो मिस नर्सको उपाधि जित्न मुलुकभरबाट छानिएका ४५ सुन्दरी नर्सवीच प्रतिस्पर्धा हुने भएको छ ।
नेक्स्ट मोडल्स नेपालको आयोजना यही पुसमा हुने छनौटमा मुलुकभरका ८० भन्दा बढी नर्सिङ कलेजका विद्यार्थी तथा १ सयभन्दा बढी अस्पतालमा कार्यरत नर्स सहभागी हुनेछन् ।
नेक्स्ट मोडल नेपालका कार्यकारी प्रमुख रवि धमलाले मुलुकका प्रमुख शहरमा गरिने अडिसनबाट छनौट भएका ४५ उत्कृष्ट प्रतियोगीबीच अन्तिम प्रतिस्पर्धा गराएर १२ विभिन्न विधामा पुरस्कृत गरिने जानकारी दिए ।
प्रतियोगिता अन्तर्गत व्यक्तित्व विकास, शैक्षिक भ्रमण, स्वास्थ्य शिविर, फोटो सेसन, महिला सशक्तिकरण, सञ्चारकला विकास लगायतका विषयमा सहभागीलाइ प्रशिक्षित गराइने भएको छ ।
प्रतियोगितामा टाइटल उपाधिसहित मिस ब्युटिफुल, बेष्ट स्माइल, मोष्ट डिसिप्लिन, बेष्ट हेयर, बेष्ट स्कीन, बेष्ट पर्सनालिटी, मोष्ट चार्मिङ, मिस फोटोजेनिक, मोष्ट ट्यालेन्ट, बेष्ट ड्रेस, मिस क्याटवाक र मोष्ट पपुलर विधामा सहभागीलाई पुरस्कृत गरिने जनाइएको छ ।
टाइटल बिजेताले विदेशमा अध्ययनका लागि छात्रवृत्ति पनि पाउनेछन् । प्रतियोगितामा सहभागी हुन कुनै पनि नर्सिङ कलेजमा कम्तीमा एक वर्षदेखि अध्ययनरत रहेको हुनुपर्ने, आवेदन दिने मितिसम्म २६ वर्ष उमेर ननाघेको र उचाई कम्तीमा ५ फिट हुनुपर्नेछ ।
नर्सहरुभित्र लुकेर रहेको प्रतिभालाई उजागर गर्ने उद्देश्यले मिस नर्स प्रतियोगिताको आयोजना गर्न लागेको जानकारी धमलाले दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment