+
+

यू-१९ प्रिमियर क्रिकेट अन्यौलमा, नेपाल र मलेसियावीचको खेल स्थगित

अनलाइनखबर अनलाइनखबर
२०७१ कात्तिक २१ गते ९:५३

acc-logo२१ कात्तिक, काठमाडौं । कुवेतमा आजबाट सुरु हुने भनिएको एसीसी यू-१९ प्रिमियर क्रिकेट अन्योलमा परेको छ ।

नेपाली टोली कुवेत पुगिसकेको छ । तर, साउदी अरेबिया र अफगानिस्तानको टीम नपुगेका कारण आज पहिलो दिनको खेल नहुने लगभग पक्का भएको छ । तर, एसीसीले यसबारे केही बताएको छैन् ।

नेपाल क्रिकेट संघ क्यानका अधिकारीहरुका अनुसार दुई देशको टीम दुई दिनसम्म ढिलो आएमा प्रतियोगिता सञ्चालन गर्ने एसीसीको तयारी छ ।

साउदीको टोली दामन भन्ने स्थानमा भएको र त्यहाँबाट विमानस्थल आइपुग्न १६०० किलोमिटर बसमा यात्रा गर्नु पर्ने अवस्था छ । अफगानिस्तानको टीममा भिसा र टिकटको समस्या भएको छ ।

पूर्व निर्धारित तालिका अनुसार आज नेपाल र मलेसिया तथा अफगानिस्तान र कुवेतबीचको खेल हुनु पर्ने हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?