+
+

टि्वन टावर ढलाउने अलकायदा नेता भुत्ला हटाउने विज्ञापनमा !

अनलाइनखबर अनलाइनखबर
२०७१ कात्तिक २१ गते १६:०६

advt al queda1
सरीरमा पलाएका अनावश्यक रौँ हटाउन प्रयोग गरिने एक उत्पादनको विज्ञापनमा आतंकवादी संगठन अलकायदाका चर्चित नेतालाई प्रयोग गरिएपछि त्यसले अहिले खुबै चर्चा पाएको छ ।

टर्कीको एक कस्मेटिक कम्पनीले जिउका भुत्ला हटाउने उत्पादनको विज्ञापनमा अलकायदा नेता खालिद शेख मोहम्म्दको तस्वीर प्रयोग गरेको हो ।

अमेरिकाको कुख्यात ग्वान्टानामो बन्दीगृहमा रहेका खालिदलाई सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकाको वल्र्ड ट्रेड सेन्टर तथा पेन्टागन भवनमा भएको विमान आक्रमणका मुख्य योजनाकार मानिन्छ ।

कपाल लामो र जिंगि्रङ्ग रहेको तथा छातिमा पनि लामा लामा रौँ रहेका उनको तस्वीर सन् २००३ मा पाकिस्तानबाट उनी पक्राउ पर्दाताकाको हो ।

khalid

कस्मेटिक कम्पनीले खालिदको सोही तस्वीरलाई आफ्नो उत्पादनको विज्ञापनमा प्रयोग गर्दै भनेको छ, ‘तपाइँका यी रौँ आफै झर्दैनन् ।’ तर जिउका रौँ झार्ने क्रिमको विज्ञापनमा देखाइएका ती व्यक्ति टि्वन टावरमा जहाज झार्ने योजनाकार हुन् भन्ने हेक्का भने कम्पनीलाई रहेनछ ।

कम्पनीका प्रतिनिधि मेहमत क्यान यिल्डजले भुत्ला झार्ने उत्पादनको विज्ञापनमा देखाइएका ती व्यक्ति आतंकवादी रहेको कुरा आफुहरुलाई जानकारी नभएको बताउँदै अनजानमै उक्त तस्वीरको प्रयोग गरेको बताएका हुरियत डेलीले जनाएको छ ।

‘ उक्त व्यक्तिको निकै घना भुत्ला थियो, त्यसैले हामीलाई लाग्यो की उसको सरीर हाम्रो विज्ञापनका लागि उपयुक्त हुन्छ’, उनले भने ।

आफुहरुले एक सोसल नेटवर्किङ साइटबाट उक्त तस्वीर लिएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?