Comments Add Comment

त्रिभुवन विमानस्थलको महाप्रबन्धकमा बीरेन्द्रकुमार श्रेष्ठ

२१ कात्तिक, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए)को महाप्रबन्धकमा बीरेन्द्र कुमार श्रेष्ठ नियुक्त भएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले उनलाई टिआइएको महाप्रबन्धकमा नियुक्त गरेको हो ।

क्यानले श्रेष्ठलाई बिहीबारदेखि लागु हुनेगरि महाप्रबन्धकमा नियुक्त गरेको थियो । नवनियुक्त श्रेष्ठले शुक्रबार दिउँसो साढे १ बजे Tribhuvan_International_Airकार्यभार सम्हालेका छन् ।

यसअघि उनी क्यानमा कर्पोरेट डाइरेक्टर तथा प्रवक्ताको जिम्मेवारी सम्हालिरहेका थिए । उनले आज दिउँसो साढे १ बजे महाप्रबन्धकको कार्यभार सम्हालेका हुन् ।

टिआइएको यसअघिका महाप्रबन्धक ऋषिकेश उमेरहदका कारण अवकाश पाएपछि श्रेष्ठलाई जिम्मेवारी सुम्पिएको क्यानले जनाएको छ ।

महाप्रबन्धकमा नियुक्त भएसँगै थप जिम्मेवारी बढेको श्रेष्ठले अनलाइनखबरसँग बताए । सुरक्षा तथा सरसफाइको विषयमा कमजोर देखिएपछि टिआइए विश्वकै खराब विमानस्थलको सूचीमा परेको छ ।

नवनियुक्त महाप्रबन्धक श्रेष्ठलाई मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलको सुधार गर्न निकै मेहनत गर्नुपर्ने छ । ‘हिजोका दिनसम्म विमानस्थललाई साधारण मानिसले जस्तै बाहिरबाट मात्र नियाली रहेको थिएँ, आजदेखि जिम्मेवारी बोकेर आएको छु’ श्रेष्ठले भने- ‘एक हप्तासम्म यहाँको अवस्था नियाल्छु, अनि सुधारका कामहरु अगाडी बढाउनेछु ।’

उनले टिआइएको बिग्रेको छबी सुधार गरेर छाड्ने प्रतिवद्धता जाहेर गरेका छन् । ‘समस्याबाट डराउने होइन, त्यसलाई सकरात्मक ‘अपर्चुनिटिज’ का रुपमा लिएर काम गर्नुपर्छ’ उनको भनाई छ ।

विमानस्थलमा तत्काल सुधार गर्नुपर्ने काममा अगाडी बढीहाल्ने बताउँदै दीर्घकालिन सुधारका कामहरु योजना बनाएर सोही अनुरुप अगाडी बढाउने जानकारी दिए । भर्खरै कार्यभार सम्हालेको हुँदा विमानस्थलको वस्तुस्थिती बुझ्न करिव एक हप्ता लाग्ने उनको भनाई छ ।

श्रेष्ठ २०४७ सालमा राजपत्राकिंत त्रितिय श्रेणीबाट क्यानमा जागिर सुरु गरेका थिए । भक्तपुर निवासी उनले पढाईको अलवा सिभिल एभियसन ट्रेनिङ सेन्टरबाट ३० महिनाको कोर्ष समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment