Comments Add Comment

मानिस कुन उमेरमा बढि बेखुस हुन्छन् ?

life satisfaction

मानिस जिवनको कुन समयमा कति खुसी हुन्छ भन्ने कुरा ऊ विश्वको कुन भागमा बसोबास गर्छ भन्ने कुराले पनि निर्धारण गर्दोरहेछ ।

बेलायतका वैज्ञानिकहरुले गरेको अध्ययनले मानिसहरुको उमेर र उसको खुसीको तहबीच तुलना गर्दा यस्तो भौगोलिक फरकपना देखिएको हो ।

शोध अनुसार उच्च आय भएका अमेरिका तथा बेलायतका मानिसहरु अधवैशे उमेरमा बढि बेखुस हुने गरेका छन् । अमेरिकी र बेलायतीहरुमा आफ्नो उमेरको मध्य भागमा उनीहरुको खुसी सबैभन्दा तल झर्ने र बुढो बन्दै जाँदा खुसी फेरि बढ्ने देखिएको छ ।

अफ्रिकाका बासिन्दाहरुमा भने खुसीको स्तर जिवनको हरेक उमेरमै निकै न्यून पाइएको छ । पूर्व शोभियत संघ सम्बद्ध देशहरु तथा पूर्वी युरोपका बासिन्दामा भने उमेर बढ्दै जाँदा खुसीको स्तर घट्दै गएको पाइएको छ ।

त्यस्तै ल्याटिन अमेरिका र क्यारेबियन क्षेत्रका देशमा पनि मानिसहरुको उमेर बढ्दै जाँदा खुसीको स्तर घट्दै जाने भएपनि यस्तो गिरावट बढि उच्च भने पाइएको छैन ।

ल्यान्सेट जर्नलमा छापिएको शोध अनुसार बुढेशकालमा रोगमा वृद्धि हुने तथा स्याहार पनि घट्दै जाँदा वृद्धवृद्धाको जिवनस्तर समग्रमा निकै खस्किँदै गएको छ ।

विश्वका १ सय ९६० देशमा गरिएको अध्ययनका क्रममा शोधकर्ताहरुले मानिसहरु आफ्नो जिवनप्रति कत्तिको सन्तुष्ट छन् ? खुसी, दुख र आक्रोसको अनुभुति कस्तो छ ? र जिवनको अर्थ र उद्धेश्यका बारेमा के भन्छन् ? भन्ने कुराकेा विश्लेषण गरेका थिए ।

अमेरिका र बेलायत जस्ता धनी पश्चिमा देशहरुमा ४५ देखि ५४ वर्षको उमेरमा मानिसहरु सबैभन्दा बढि असन्तुष्ट रहने गरेको पाइएको छ । ६० कटेपछि भने मानिसहरु बढि खुसी बन्दै गएको पाइयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment