+

पपुवा न्यूगिनीद्वारा श्रृखला क्लिन स्वीप

२०७१ कात्तिक  २३ गते १३:४१ २०७१ कात्तिक २३ गते १३:४१
पपुवा न्यूगिनीद्वारा श्रृखला क्लिन स्वीप

२३ कात्तिक, काठमाडौं । पपुवा न्यूगिनीले हङकङ विरुद्धको दुई एकदिवसीय श्रृखला क्लिन स्वीप गरेको छ । एकदिवसीय मान्यता पाएपछि पपुवा न्यूगिनी र हङकङले पहिलो पटक एकदिवसीय श्रृखला खेलेका थिए ।

आइतबार भएको दोस्रो एकदिवसीय पपुवा न्यूगिनीले ३ विकेटले जितेको छ ।

पहिले व्याटिङ गरेको हङकङले अन्तिम तीन बल बाँकी छँदा सबै विकेट गुमाएर २६१ रन बनायो । उसका लागि बाबर हयातले ५६ र अंशुमान रथ ५५ रन बनाए । अमजदले ४९ रन जोडे ।

पपुवा न्यूगिनीका नोर्मन भानुआले चार विकेट लिए भने विली गोभेराले ३ विकेट लिए ।

जवाफमा मैदान उत्रिएको पपुवा न्यूगिनीले लेगा सिआकाको शतको मदतमा अन्तिम ४ बल बाँकी छँदा ७ विकेटको क्षतिमा भेट्टायो । अन्तिम २ ओभरमा १० रन चाहिएको पपुवा न्यूगिनीले ४९ औं ओभरमा ८ रन जोड्ययो ।

अन्तिम ओभरको पहिलो बलमा अमिनीले १ रन लिए । दोस्रो बलमा मोरियाले चौका हान्दै पपुवा न्यूगिनीलाई ३ विकेटको जित दिलाए । उसका लागि सिआकाले १०९ रन बनाए । ११४ बलको सामना गरेका उनले ९ चौंका र दुई छक्का हानेका थिए ।

भिनी मोरियाले अविजित ६५ रन बनाए । ६८ बलको सामना गरेका उनले ५ चौका हानेका थिए ।

पहिले एकदिवसीय पपुवा न्यूगिनीले ४ विकेटले जितेको थियो । अब पपुवा न्यूगिनी र हङकङबीच एक तीनदिवसीय म्याच हुनेछ ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय