Comments Add Comment

नलिनाको ‘सासले’ सार्वजनिक

saas le.. (3)
गायिका नलिना चित्रकार नेपाली सांगीतिक क्षेत्रका लागि कुनै नौलो नाम होइन । २६ बर्ष अगाडि उनले नेपाल भाषाको गीतमार्फत यो क्षेत्रमा पाइला राखेकी थिइन् । उनको आठौ एल्बम ‘सासले’ आज काठमाण्डौमा आयोजना भएको एक कार्यक्रममा सार्वजनिक गरिएको छ । यसअघि उनले आजसम्म ‘नलिना’, ‘रंग’, ‘सेलेक्टेड नलिना’, ‘जिन्दगी’, ‘रिफ्रेस बोएट’ र ‘परेलीमा’ बजारमा ल्याएकी थिइन् ।

भीजे सुरज गिरीले नलिनाको करिअरको बिषयमा कुरा गरेपछि एल्बम बिमोचन गरिएको थियो । एल्बमको आइएमएसका प्रमुख दीपक मल्होत्रा, गायिका चित्रकार र उनका पति सन्जिब मिश्रले संयुक्त रुपमा बिमोचन गरे । यो एल्बममा १७ वटा गीत समावेश छन् । जसमा ४ वटा नया गीत समावेश गरिएको छ भने बाकी १३ वटा पुराना गीत छन् ।

नया गीतमा ‘सासले बाँच्छ मानिस’, ‘परेलीमा’, ‘प्रश्न’ र ‘लैबरी लै’ छन् । यी गीतहरुमा धर्मेन्द्र सेवान, दिनेश अधिकारी, महेश राना र उत्तम भौकाजीको शब्द छ । यस्तै, ४ गीतमा बिजु बज्र, सुगम पोखरेल, मोहित मुनाल र स्वरुपराज आचार्यको संगीत समावेश छ । कार्यक्रममा अमेरिकामा छायांकन गरिएको ‘सासले’ बोलको गीतको म्यूजिक भिडियो पनि सार्वजनिक गरियो । नलिनाले आफ्ना पुराना चर्चित गीतहरु ‘पानी पानी’, ‘गोरी काली’, ‘चाहिँदैन हिरा मोती’, ‘तिम्रो अधर तिम्रो नजर’, ‘रंग’, ‘मस्ती’, ‘एकै छिन’, ‘जिन्दगी’, ‘कहिले गर्छौ’, ‘अञ्जुली भरी’, ‘मायाले लाउने’, ‘मेहन्दी लगाउ’ र ‘कति धेरै भर हुन्छ’लाई एल्बममा समावेश गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment