२३ कात्तिक, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयका निमित्त प्रमुख सुदिपचन्द्र शाहलाई निलम्बन गर्न अर्थ मन्त्रालयलाई सिफरिस गरेको छ ।
घुस लिएको ७२ लाखसहित पक्राउ परेका भन्सारका नायब सुब्बा हरिबंश कार्कीले उक्त रकम शाहका लागि लिएको बताएका थिए । सुन तस्करीको आरोपमा पक्राउ परेका अभिसेक सरकारलाई छुटाउन रकम लिएको कार्कीले स्वीकार गरेका थिए ।
शाह पदमा रहिरहँदा आफूरुविरुद्धको प्रमाण नष्ट गर्न सक्ने भएकाले अख्तियार ऐनको दफा १९ ३ बमोजिम निलम्बन गर्न लेखिपठाएको अख्यिारले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4