+
+

राष्ट्र सेवा दल राप्रपा नेपालमा विलय

अनलाइनखबर अनलाइनखबर
२०७१ कात्तिक २४ गते १२:५४

२४ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र सेवा दल सोमबार औपचारिक रुपमा राप्रपा नेपालमा समायोजन भएको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा भएको कार्यक्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापाले सो दललाई पार्टीमा समायोजन गरेका हुन् ।

कार्यक्रममा अध्यक्ष थापाले राष्ट्र सेवा दलको प्रवेशले बलियो र सशक्त राष्ट्रवादी प्रजातान्त्रिक पार्टी निर्माण गर्ने राप्रपा नेपालको अभियानलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे ।

सेवा दलका अध्यक्ष सूर्यप्रसाद घिमिरेले नेपाललाई पुनः सनातन धर्म सापेक्ष हिन्दुराष्ट्र बनाउने राप्रपा नेपालको अभियानलाई छरिएर होइन संगठित भएर लाग्नुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?