+
+

राप्रपा नेपालले हिन्दुराष्ट्र संकल्प रथयात्रा गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७१ कात्तिक २४ गते १४:२०

२४ कात्तिक, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले ‘मेची-महाकाली, पशुपतिनाथ हिन्दुराष्ट्र सकल्प रथयात्रा’ सञ्चालन गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले सनातन धर्मसापेक्ष हिन्दु राष्ट्र कायम गर्न माग गर्दै  आगामी पुस ९ गतेदेखि ११ दिन लामो रथयात्रा गर्ने निर्णय गरेको हो ।

रथयात्राका लागि पार्टी अध्यक्ष कमल थापाको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको राप्रपा नेपालका सहायक प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार मेचीको काँकरभिट्टाबाट सुरु हुने रथयात्रा महाकाली हुँदै काठमाडौंको पशुपतिनाथमा आएर समापन हुनेछ । रथयात्राको क्रमशः मेची र महाकाली नदीको जल पशुपतिनाथमा चढाई वाग्मती नदीमा मिश्रण गर्ने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?