+
+

पहिचानसहितको संघीयता नभए आमहडताल : प्रचण्ड

२४ कात्तिक, घोराही । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पहिचानसहितको संघीयता नभए आमहडताल थाल्ने चेतावनी दिएका छन् । जनयुद्धको आधार इलाका रोल्पा जाने क्रममा सोमबार दाङको घोराहीमा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले नयाँ बन्ने संविधानमा पहिचानको आधारमा राज्य पुनःसंरचना नभए २२ दलिय मोर्चासहितका पहिचानवादी शक्तिले देशभर आमहडताल गर्ने बताए ।

अनलाइनखबर अनलाइनखबर
२०७१ कात्तिक २४ गते १८:४७

निमुसंगम घर्ती

२४ कात्तिक, घोराही । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पहिचानसहितको संघीयता नभए  आमहडताल थाल्ने चेतावनी दिएका छन् ।

फाइल फोटो
फाइल फोटो

जनयुद्धको आधार इलाका रोल्पा जाने क्रममा सोमबार दाङको घोराहीमा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले नयाँ बन्ने संविधानमा पहिचानको आधारमा राज्य पुनःसंरचना नभए २२ दलिय मोर्चासहितका पहिचानवादी शक्तिले देशभर आमहडताल गर्ने बताए ।

सहमतिबाटै संविधान निर्माण होस् भन्ने पक्षमा रहेको भन्दै उनले कांग्रेस र एमालेले बलजफ्ती गर्न खोजे स्थिति गम्भीर हुने बताए । कांग्रेस र एमालेले ल्याएको प्रस्तावमा पहिचान झिकिएको भन्दै उनले भौगोलिक विभाजन मात्रै गरिएको प्रस्ताव अस्वीकार्य भएको बताए ।

एमाओवादी अध्यक्ष प्रचण्डले कांग्रेस र एमालेले सहमतिको बाताबरणलाई बिथोलेको आरोप लगाए । उच्चस्तरीय राजनितिक समितिको बैठकमा आउँदैनौं भनेर कांग्रेस एमालेले भन्नु गलत भएको उनको टिप्पणी थियो ।

पत्रकार सम्मेलन अघि अध्यक्ष प्रचण्डले कार्यकर्ताहरु सँग समेत भेटघाट र छलफल गरेका थिए । नेताहरु ५ दिनका लागि रोल्पा गएका छन् ।

प्रचण्डसहितका नेताहरु जनयुद्धको पहिलो पल्ट आक्रमण गरेको होलेरी बास बस्ने छन् । प्रचण्डले रोल्पामा कार्यकर्ता, शहिद परिवार, घाइते, अपाङगसँग भेटघाट गर्ने कार्यक्रम छ ।

अध्यक्ष प्रचण्ड सहित महासचिब कृष्णबहादुर महरा, सचिब बर्षमान पुन र नेता नन्दकिशोर पुन छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?