+
+

टाढिदै छन्, प्रधानमन्त्रीका सहयोगीहरु पनि

अनलाइनखबर अनलाइनखबर
२०७१ कात्तिक २५ गते ६:४०

sushil koirala२५ कात्तिक, काठमाडौ । प्रधानमन्त्री सुशील कोइरालाका पुराना सहयोगीहरु क्रमशः टाढिदै गएका छन् । प्रधानमन्त्री नहुँदैदेखि साथ दिँदै आएका अनुभवी नेताहरु पनि कोइरालासँग चिढिएका छन् ।

कुनैबेला सरकार र सरकार चलाउने कोइरालाका ‘खास सल्लाहकार’ मानिने कांग्रेस प्रवक्ता दीलेन्द्रप्रसाद बडु, संगठन विभाग प्रमुख आनन्दप्रसाद ढुंगाना, दीलबहादुर घर्ती, पद्मनारायण चौधरी, मानबहादुर विश्वकर्मा, फर्मुल्लाह मन्सुरलगायतका नेताहरु अचेल किनारा लागेको नयाँ पत्रिकामा खबर छ ।

कुनैबेला उनीहरु कोइरालाको ‘किचेन क्याबिनेट’का प्रभावशाली सदस्य मानिन्थे । अचेल उनीहरु कोइरालासँग सन्तुष्ट छैनन्, कोइरालाले पनि खासै ‘लिफ्ट’ दिएका छैनन् ।

प्रधानमन्त्री कोइरालाले पछिल्लोपटक मन्त्रीपरिषद् विस्तार गरुञ्जेल पनि त्यो समूहको बालुवाटारमा आउजाउ बाक्लै थियो । ‘बिहान सुशील’दा उठ्नुअघि पुग्ने बेलुका सुतेपछि फर्किने’ गर्छन् भनेर कांग्रेसवृत्तमै उनीहरुमाथि ब्यङग्य हुन्थ्यो ।

प्रवक्ता बडु र संगठन विभाग प्रमुख ढुंगानाबाहेक त्यो समूहका अन्य सदस्य अचेल बालुवाटार ओहोरदोहोर कमै गर्छन । बडु र ढुंगानाको आउजाउ पनि पातलिएको छ । स्रोतका अनुसार उनीहरुले पनि विगतमा जस्तो निकट भएर सल्लाह दिँदैनन्, कोइरालाले पनि सल्लाहका निम्ति उनीहरु भन्दा अरुलाई नै रोज्छन् ।

विगतदेखि नै सघाइरहेकाले कोइरालाले आफूहरुमध्येबाट मन्त्री बनाउने यो समूहको विश्वास थियो । मन्त्री नबनाइएपछि क्रमशः उनीहरु टाढिदै गएको स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?