Comments Add Comment

प्रभुको बम्पर बिजेता कल्पना शाही, पाइन् ४२ इञ्चको एलइडी टिभी

Prabhu-Money-Bumper-Prize-Distribution

२७ कात्तिक, काठमाडौं । प्रभु मनि ट्रान्सफरले दशैं-तिहारमा सञ्चालन गरेको उपाहर योजनाको बम्पर बिजेता कल्पना कुमारी शाही भएकी छिन् ।

कालिकोट निवासी शाहीले बम्पर उपहारमा ४२ इञ्चको एलइडी टिभी र एक वर्षको रिचार्जसहित डिसहोम प्राप्त गरेकी छिन् । कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र शेरचनले लैनचौरस्तिथ कम्पनीको हेड अफिसमा पुरस्कार हस्तान्तरण गरे ।

कम्पनीले दशैं-तिहारको अवसरमा सञ्चालन गरेको ‘प्रभु डबल बहार, पैसा पठाउने र पाउने दुबैको हातमा उपहार’ योजना कार्तिक १२ गते सम्पन्न भएको थियो । यसका बम्पर विजेताहरु कात्तिक १४ गते छनौट गरिएको थियो ।

उपहार योजनाअन्तर्गत ४६ वटा लेमन मोबाइल, ४६ वटा एक लाख १० हजार रुपैयाँ बराबरको व्यक्तिगत तथा औषधी उपचार बीमा दैनिकी रुपमा प्रदान गरिएको थियो ।

त्यसैगरि, सोही अवसरमा ६ वटा लेमन स्र्माटफोन तथा ६ वटा एकतर्फी हवाई टिकट प्रदान गरिएको कम्पनीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment