+
+

सभासद्हरुले भने-मोदीले टोलटोलमा भाषणा गर्नु ‘मर्यादाविपरित’

अनलाइनखबर अनलाइनखबर
२०७१ कात्तिक २८ गते ६:३८

BICC-Nepal२८ कात्तिक, काठमाडौ । सार्क सम्मेलनमा भाग लिन आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरमा गर्ने भनिएको सार्वजनिक सम्बोधन र साइकल वितरण कार्यक्रम कूटनीतिक मर्यादाविपरित हुने भन्दै सभासदहरुले आपत्ति जनाएका छन् ।

सार्क सम्मेलनका नाममा देशलाई मोदीमय बनाइएको आरोप उनीहरुले लगाएको अन्नपूर्ण पोष्टमा खबर छ ।
संसदको राज्य ब्यवस्था समितिको बैठकमा बिहीबार एमाले सभासद यज्ञ सुनुवारले कुनै पनि देशको प्रमुखले अर्को देशको टोल टोलमा भाषण गर्नु र साइकल बाड्नु कूटनीतिक विपरित हुने बताए ।

‘सार्क मुलुकका अन्य सरकार प्रमुखले पनि यसैगरी भाषण गर्ने र राहत वितरण गर्ने काम गरे सरकारले दिन मिल्छ की मिल्दैन ?’ उनले प्रश्न गरे, ‘सार्वभौमसत्तामा प्रश्न उठ्छ कि उठ्दैन ?’

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले मुलुकलाई मोदीमय बनाइएको भन्दै आपत्ति जनाए । ‘कुनै एक देशका प्रमुखलाई खुशी पार्न सरकार लत्रियो । अन्य देशका पनि प्रमुख आउाछन् भन्ने सरकारले बिर्सेछ’, उनले भने ।

सरकारले भने भारतीय प्रधानमन्त्री मोदीले सार्वजनिक सभालाई सम्बोधन र साइकल बााड्ने कार्यक्रम नरहेको बताएको छ । जनकपुर र लुम्बिनीमा धार्मिक भ्रमण गर्ने क्रममा मोदीको नागरिक अभिनन्दन हुने कार्यक्रम मात्र रहेको प्रधानमन्त्री सुशील कोइराला र उपप्रधान एवम् गृहमन्त्री बामदेव गौतमले समितिमा बताए । स्रोतका अनुसार मोदी मुक्तिनाथमा पनि सामाजिक गतिविधिमा संलग्न रहनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?