Comments Add Comment

अब अष्ट्रेलियामा ग्लोबल आइएमई बैंक

Global-IME-Bank-२८ कात्तिक काठमाडौं ।  ग्लोबल आइएमई बैंकले अष्ट्रेलियामा सम्पर्क कार्यालय खोल्नका लागि नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृती प्राप्त गरेको छ । बैंकले अब सम्पर्क कार्यालय खोल्ने प्रकृया सुरु गर्ने जनाएको छ ।

सम्पर्क कार्यालय खोल्नका लागि यसअघि नै नेपाल राष्ट्र्र बैंकवाट सैद्धान्तिक स्वीकृति पाई हालै अष्ट्रेलियाको नियमनकारी निकाय अस्ट्रेलियन प्रुडेनिसयल रेगुलेस अथोरेटीबाट उक्त देशमा कार्यालय स्थापना गर्ने स्वीकृती प्राप्त गरेको थियो । सो आधारमा राष्ट्र बैंकले अन्तिम स्वीकृती प्रदान गरेको हो ।

बैंकले अष्ट्रेलियामा सम्र्पक कार्यालय खोलेपछि बैंककोे सम्र्पक कार्यालयले नेपाल तथा अष्ट्रेलियाली व्यवसायीहरु बीच व्यापारिक एवं लगानी सम्वन्धी प्रवर्दनात्मक कार्यमासमेत सघाउने बैंकको विश्वास छ ।

यसका अतिरिक्त, काम तथा पढाईको सिलसिलामा अष्टे्रलिया पुगेका नेपालीहरुलाई नेपालमा रेमिट्यान्स लगायत नेपाल संगको अन्य बैंकिङ्ग कारोबार गर्न सहज बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment