+
+

बसको ठक्करबाट किशोरीको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७१ कात्तिक २९ गते १२:१९

२९ कात्तिक, धनगढी । कैलालीको चौमालामा बसको ठक्करबाट एक किशोरीको घटनास्थलमै मृत्यु भएको छ । बसको ठक्करबाट धनगढी नगरपालिका ८ की १८ वर्षीया रिना चौधरीको मृत्यु भएको हो ।

धनगढीबाट चिसापानी तर्फ पिकनिक खान गईरहेका बेला, बस रोकी बाटो काटिरहेकी छात्रालाई पिकनिककै लागि गएको से १ प ९५७ नम्बरको बसले ठक्कर दिदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

धनगढीबाट विद्यार्थी बोकेका दुई बसमध्ये पहिलो रोकी राखेको र दोस्रो पछाडिबाट तीब्र गतिमा गएकोले दुर्घटना भएको प्रहरीले बताएको छ ।

ठक्कर दिने बस र गाडी चालक धनगढी नगरपालिका ४ का धर्मराज चौधरीलाई शसस्त्र प्रहरी बल वनबेहडाले नियन्त्रणमा लिएको छ । मृतक चौधरी धनगढी माविमा कक्षा १२ मा अध्यनरत छात्रा हुन् ।

–नृप रावलबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?