+
+

शीर्षनेताको बैठकमा केपी ओली बसेनन्

१ मंसिर, काठमाडौं । महिनौंदेखि वार्ता र छलफल गर्दा कुनै निश्कर्ष ननिस्किए पनि दलका नेताहरु सोमबार बिहानैदेखि वार्ता र छलफलमा सक्रिय बनेका छन् । तर, एमाले अध्यक्ष केपी ओली भने शीर्षनेताको बैठकमा बसेनन् ।

अनलाइनखबर अनलाइनखबर
२०७१ मंसिर १ गते १०:४५
Samabad-Samiti-Meeting-Oli-is-not-attended
संवाद समितिको बैठकमा सहभागी नेताहरु । एमाले अध्यक्ष ओली अनुपस्थित रहे

१ मंसिर, काठमाडौं । महिनौंदेखि वार्ता र छलफल गर्दा कुनै निश्कर्ष ननिस्किए पनि दलका नेताहरु सोमबार बिहानैदेखि वार्ता र छलफलमा सक्रिय बनेका छन् । तर, एमाले अध्यक्ष केपी ओली भने शीर्षनेताको बैठकमा बसेनन् ।

सोमबार बिहानै सिंहदरबारस्थित एमाओवादी दलको कार्यालयमा प्रचण्ड नेतृत्वको २२ दलीय मोर्चाको बैठक बसेको छ ।

विपक्षी २२ दलको बैठकपछि दिउँसाे सम्वाद समितिका सभापति डा. बाबुराम भट्टराईको पहलकदमीमा सभामुख समेतको उपस्थितिमा तीन दलको बैठक बोलाइयाे ।

बैठकमा प्रत्येक दलबाट तीन-तीनजना नेता सहभागी हुने बताइए पनि कांग्रेस नेता शेरबहादुर देउवा र एमाले नेता माधव नेपाल दिल्लीमा छन् ।

एमाले अध्यक्ष केपी ओलीले आजै गृहजिल्ला झापा जाने कार्यक्रम बनाए । शीर्ष नेताको बैठक ११ बजे बोलाइए पनि ओली एक घण्टा अगावै विमानस्थल पुगे । उनी मंसिर ३ गतेमात्रै झापाबाट काठमाडौं फर्कनेछन् ।

सभामुखको राेहवरमा बोलाइएको तीन दलको बैठकपछि दिउँसो संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिको बैठक बोलाइएको छ । संवाद समितिको बैठकमा पनि एमाले अध्यक्ष ओली अनुपस्थित रहे ।

तर, शीर्षनेताको बैठक र सम्वाद समिति दुबैमा एमाले अध्यक्ष केपी ओली र नेता माधव नेपालको उपस्थिति नहुने भएकाले महत्वपूर्ण विषयमा सहमति हुने सम्भावना क्षीण बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?