Comments Add Comment

तीन महिनामा निर्यात २२ अर्ब, आयात १९२ अर्ब

१ मंसिर, काठमाडौं । निर्यातको तुलनामा आयात उच्च दरले बढेपछि तीन महिनामा व्यापार घाटा एक खर्ब ६९ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ । यो घाटा अघिल्लो वर्षको यही अवधिको तुलनामा २९.५ प्रतिशतले बढी हो ।

कुल व्यापार घाटामध्ये भारतसँग २८.४ प्रतिशत, चीनसँग ३७.८ प्रतिशत र अन्य मुलुकसँग २८.१ प्रतिशतले बढेको छ ।

export importतीन महिनामा कुल वस्तु निर्यात २.३ प्रतिशतले घटेर २२ अर्ब ५३ करोड रुपैयाँमा सिमित हुन पुगेको छ । अघिल्लो वर्षको यसै अवधिमा २३ अर्ब ७ करोड रुपैयाँ बराबरको वस्तुहरु निर्यात भएको थियो ।

निर्यात घटेपनि आयात भने २४.७ प्रतिशतले बढेर एक खर्ब ९२ अर्ब २५ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसै अवधिमा एक खर्ब ५४ अर्ब १२ करोड रुपैयाँ बराबरको वस्तुहरु आयात भएको थियो ।

तीन महिनामा भारततर्फको निर्यात ६.४ प्रतिशतले घटेको छ भने चीनसँगको ९३.२ प्रतिशतले बढेको छ । अन्य मुलुकतर्फको निर्यात पनि ०.४ प्रतिशतले घटेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

अलैंची, जिंक शिट, जुटका सामान, तामाको तार लगायतका वस्तुहरुको निर्यात्मा ह्रास आएका कारण भारततर्फको निर्यात घट्न गरएको हेा । चीनतर्फ भने प्रशोधित छाला, हस्तकलाका सामान, तयारी पोशाक, उनी गलैैंचा लगायतका वस्तुहरुको निर्यात बढेको छ । अन्य मुलुकतर्फ उनी गलैंचा, पश्मिना, तयारी छाला एवं छालाका वस्तुहरुको निर्यातमा ह्रास आएको छ ।

कुल आयातमध्ये भारतबाट भएको आयात २३.४ प्रतिशतले बढेको छ भने चीनबाट भएको आयात ३९.३ प्रतिशत र अन्य मुलुकबाट भएको आयात २१.८ प्रतिशतले बढेको छ ।

भारतबाट खासगरी यातायातका साधन तथा पार्टपुर्जा, पेट्रोलियम पदार्थ, चामल, औषधि, एमएस बिलेट लगायतका वस्तुहरुको अयात बढेको छ भने चीनबाट दूरसञ्चार उपकरण तथा पार्टपुर्जा, भिडियो टेलिभिजन र पार्टपुर्जा, रासायनीक मल र अन्य मेशिनरी त था पार्टपुर्जाको आयात बढेको छ ।

अन्य मुलुकबाट चाँदी, खानेतेल, हवाइजहाजका पार्टपुर्जा, कचा पाल्म तेल, दूरसञ्चारका उपकरण तथा पार्टपुर्जा लगायतका सामानहरुको आयात बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment