Comments Add Comment

देश बाहिरीनेभन्दा भित्रिने रकम ३ अर्बले बढी

Nepali money२ मंसिर काठमाडौं । चालू आर्थिक वर्षको असोज मसान्तमा मुलुकबाट बाहिरिनेभन्दा मुलुक भित्रिने रकम २ अर्ब ९६ करोड रुपैयाँले बढी भएको छ । अघिल्लो वर्षको यस अवधिमा भुक्तानी सन्तुलन (शोधनान्तर स्थिति) ५२ अर्ब ७४ करोडले बचतमा रहेको थियो ।

चालू आवकै भदौ महिनामा शोधनान्तर स्थिति १० अर्ब रुपैयाँले नकरात्मक भएको थियो ।

यो असोज मसान्तमा चालू खाता रु. ७ अर्ब ५९ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यो खाता ३७ अर्ब ४९ करोडले बचतमा रहेको थियो । खासगरी वस्तु तथा सेवा आयात उच्च दरले बढ्नु र अनुदान तथा विप्रेषण आप्रवाह घट्नु जस्ता कारणहरुले गर्दा चालू खाता समीक्षा अवधिमा घाटामा गएको राष्ट्र बैंकले जनाएको छ ।

अमेरिकी डलरमा समीक्षा अवधिमा शोधनान्तर बचत २ करोड ९० लाख र चालू खाता घाटा ७ करोड ८५ लाख डलर रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर बचत ५३ करोड २ लाख डलर र चालू खाता बचत ३७ करोड ६५ लाख डलर रहेको थियो ।

एफओबी मूल्यमा आधारित वस्तु व्यापार घाटा अघिल्लो वर्षको सोही अवधिमा १३.४ प्रतिशतले बढेको तुलनामा समीक्षा अवधिमा २९.६ प्रतिशतको उच्च दरले वृद्धि भई १ खर्ब ६३ अर्ब ६ करोड रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा खूद सेवा खाता ५४ करोड ६४ लाख रुपैयाँले बचतमा रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा खाता१ अर्ब १७ करोडले बचतमा रहेको थियो । त्यस्तै, खूद ट्रान्सफर आय अघिल्लो वर्षको सोही

अवधिको ४१.७ प्रतिशत वृद्धिको विपरीत समीक्षा अवधिमा ४.५ प्रतिशतले ह्रास आई १ खर्ब ४९ अर्ब ४५ करोड रुपैयाँ रहेको छ । ट्रान्सफर अन्तर्गत विप्रेषण आप्रवाह अघिल्लो वर्षको सोही अवधिको ३८.२ प्रतिशत वृद्धिको विपरीत समीक्षा अवधिमा ०.६ प्रतिशतले ह्रास आई  १ अर्ब ३४ अर्ब १९ करोड रुपैयाँ पुगेको छ ।

अमेरिकी डलरमा विप्रेषण आय अघिल्लो वर्षको सोही अवधिको २१.३ प्रतिशत वृद्धिको तुलनामा समीक्षा अवधिमा १.६ प्रतिशतले वृद्धि भई १ अर्ब ३८ करोड पुगेको छ । मासिक रुपमा हेर्दा विप्रेषण आप्रवाह चालू आर्थिक वर्षको भदौ महिनाको तुलनामा असोज महिनामा १७.६ प्रतिशतले बढेको छ ।

त्यसैगरी, समीक्षा अवधिमा वित्तीय खाता अन्तर्गत ९१ करोड ७७ लाख रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको राष्ट्र बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment