+
+

पर्दामा सौगात ‘राजा’, बक्स अफिसमा कहिले ?

अनलाइनखबर अनलाइनखबर
२०७१ मंसिर ३ गते ११:०३

saugat and ke (3)
जीवनसाथी फिल्मस्ले कलाकार सौगात मल्लाई ‘श्री ५ अम्बरे’ नामक चलचित्रबाट पर्दाको राजा बनाएको छ । सौगात पनि श्रीपेच लगाएर मख्ख देखिएका छन् । मिडियासँग खासै नबोल्ने सौगात अभिनयमै डुब्न चाहन्छन् । तर, उनी अभिनयमा जती डुबेपनि दर्शक भने उनीमा डुब्न सकेका छैनन् ।

पर्दामा राजा बनेर श्रीपेच लगाएपनि सौगात बक्स अफिसमा भने जम्न सकेका छैनन् । ‘लुट’ पछि उनले अभिनय गरेका सबैजसो चलचित्र असफल देखिएका छन् । जसका कारण पनि सौगातका लागि चलचित्र नगरी अप्ठ्यारो पर्न थालेको विश्लेषण गर्न थालिएको छ ।

उनले अभिनय गरेको ‘श्री ५ अम्बरे’ शुक्रबारबाट हलमा लाग्दैछ । चलचित्रको शिर्ष भूमिकामा देखिएका कारण पनि उनले व्यापारमा छलाङ मार्न सक्नुपर्छ । कारण, उनले २ दिनसम्म हलमा दर्शक तान्ने क्षमता राख्न सक्नुपर्छ । यता, बक्स अफिसमा लगातार असफल चलचित्र दिइरहेकी नायिका केकी अधिकारीका लागि पनि ‘श्री ५ अम्बरे’ व्यापार गतिलो हुनु आवश्यक छ ।

सौगातमाथि करोडौ लगानी अझै पनि भैरहेका छन् । तर, उनले निर्माताको लगानीलाई फिर्ता गर्न सक्ने दम राख्न सकेको देखिदैन । अभिनय राम्रो गरेपनि बक्स अफिसमा नजम्दा कलाकारहरु असफल देखिन्छन् । के श्रीपेच लगाएर ‘राजा’ बनेका सौगात अब बक्स अफिसमा पनि ‘राजा’ नै बन्लान् त ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?