Comments Add Comment

बेलायती र अमेरिकी राजदूतको प्रचण्डसँग छुट्टाछुट्टै भेटवार्ता

prachanda-bode
३ मंसिर, काठमाडौं ।  एकीकृत नेकपा माअाेवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी र बेलायती राजदूतसँग छुट्टाछुट्टै भेतवार्ता गरेका छन् । दुर्इ राजदूतसँगको भेटमा संविधान निर्माण प्रकृया, दलहरूबीचको सम्बन्ध लगायतका विषयमा छलफल भएको थियो ।

नेपालका लागि अमेरिकी राजदूत पिटर डब्ल्यु बोडे प्रचण्डलार्इ भेट्न बुधबार बिहान लाजिम्पाट पुगेका थिए । बाेडेसँगकै भेटपछि प्रचण्डले बेलायती राजदूत एन्डु जेम्स स्पार्कससँग भेटवार्ता गरेका थिए ।

राजनीतिक दलहरुको आपसी सम्बन्ध चिसिन थालेका बेला अमेरिकी र बेलायती राजदूतले लाजिम्पाटस्थित प्रचण्ड निवासमै पुगेर पछिल्लो राजनीतिक घटनाक्रमबारे चासो राखेका हुन् ।
भेटमा नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको प्रचण्डको सचिवालयबाट शिव खकुरेलले जानकारी दिए ।
शान्ति सम्झौता तोडेर कांग्रेस र एमालेले सरकारमा बस्ने बैधता गुमाएको भन्दै एमाओवादी अध्यक्ष प्रचण्डले अन्तरराष्ट्रिय समर्थन खोजिरहेका बेला अमेरिकी राजदूत र बेलायती राजदूतले उनलाई भेटेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment