Comments Add Comment

राष्ट्रपति र सभामुखबीच भेटवार्ता

फाइल तस्वीर
फाइल तस्वीर

३ मंसिर, काठमाडौं । राष्ट्रपति रामबरण यादब र संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेन्बाङबीच भेटबार्ता भएको छ ।
बुधबार साँझ राष्ट्रपतिलाई भेट्न सभामुख नेम्बाङ शीतल निवास पुगेका थिए ।
भेटमा पछिल्लो राजनीतिक अवस्थाका साथै दलहरुबीच देखिएको असमझदारीबारे राष्ट्रपति र सभामुखले छलफल गरेको शीतल निवास स्रोतले अनलाइनखबरलाई जानकारी दियो ।
संविधान निर्माण दलहरुबीच समझदारी आवश्यक रहेको र दलहरु मिल्नुको विकल्प नभएको राष्ट्रपति र सभामुख दुवैले ठहर गरेका छन् । भेटमा सभामुखले दलहरुबीचको असमझदारीलाई अन्त्य गर्दै माघ ८ मै संविधान जारी गर्न आफू क्रियाशिल भएको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment