Comments Add Comment

गृहमन्त्री भन्छन्-कृषिलाई व्यवसायीकरण गर्नुपर्छ

bamdev-gautam
३ मंसिर, काठमाडौं । उप्रधानमन्त्री एवं गृहमन्त्री वामदेव गौतमले कृषिमा व्यवसायीकरण बताएका छन् । कपिलवस्तुको चन्द्रौटामा सुरु भएको चन्द्रौटा कृषि
पर्यटन तथा औद्योगिक व्यापार महोत्सव २०७१ लाई उद्घाटन गर्दै गृहमन्त्री गौतमले नेपाल भन्सार रावश्वमै केन्द्रीत भएकाले अव देशको आयस्रोत कृषि बन्नुपर्ने र त्यसका लागि व्यवसायीकरण गर्नुपर्ने बताए । गौतमले भने-‘हाम्रो मुलुक भन्सार राजस्वमै निर्भर छ, जसका कारण उद्योगधन्दा खस्किंदै गएका छन् । कपिलबस्तुको पश्चिमी क्षेत्रमा कृषि र पर्यटनमा लगानी गरी आयआजनका बाटो बढाउन उनले स्थानीयलाई सुझाव दिएका छन् ।
यसैबीच गौतमले माघ ८ मै संविधान जारी हुने दाबी गरेका छन् । देशलाई शान्तिपूर्ण विकासमा लैजान संविधान निर्माण अनिवार्य रहेको
भन्दै गौतमले दलहरु संविधान निर्माणमा लागि परेको र तोकिएकै समयमा संविधान बन्नेमा ढुक्क हुन आग्रह गरे ।
मंसिर ३ देखि १४ गतेसम्म संचालन हुने महोत्सवलाई शान्तिपूर्ण तरिकाले भव्य र सभ्य रुपमा सम्पन्न गर्न सीसी टिभीबाट समेत निगरानी बढाइएको छ । यस्तै सुरक्षा निकाय, स्वयंसेवक समेतको परिचालन गरी सुरक्षा व्यवस्था कडा पारिएको आयोजकले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment