+
+

एनएमबि बैंकले मलेशियामा सम्पर्क कार्यालय खोल्ने

अनलाइनखबर अनलाइनखबर
२०७१ मंसिर ३ गते २१:०३

NMB Bank३ मंसिर, काठमाण्डौ । एनएमबि बैंक लिमिटेडले नेपालीको प्रमुख श्रम गन्तब्य मलेशियामा आफ्नो सम्पर्क कार्यालय खोल्ने भएको छ ।
मलेसियामा सम्र्पक कार्यालय खोल्न नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पाइसकेको एनएमवी बैंकले जनाएको छ ।
आगामी ६ महिनाभित्र मलेसियाको क्वालालम्पुरमा कार्यालय खोल्ने एनएमवी बैंकले जनाएको छ ।
यसअघि बैंकले मलशियाको केन्द्रीय बैंक ‘बैंक नेगारा’बाट सम्पर्क कार्यालय खोल्न स्वीकृति लिइसकेको थियो ।
उक्त सम्पर्क कार्यालयले मलेशियाली बैंकहरुसँग सहकार्य गरी सम्पर्क बिन्दुका रुपमा कार्य गर्नुका साथै ग्राहकहरुलाई मलेशियाली व्यवसायीहरुसँग कारोबार गर्न सल्लाहकार सेवा समेत प्रदान गर्ने छ । यसबाट दुई देशबीच व्यापार अभिबृद्धि हुनुका साथै नेपाली अर्थतन्त्र एवं उपलव्ध बित्तीय सेवा सम्वन्धमा जानकारी आदानप्रदान गर्न सहयोग मिल्ने एनएमवी बैंकले जनाएको छ ।
नेपाल राष्ट्र बैंकले आफ्नो मौदि्रक नीतिमार्फत् नेपाली बैंकले बिदशेमा सम्र्पक कार्यालय खोल्न पाउने ब्यबस्था गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?