Comments Add Comment

नेपाल र हङकङको दोस्रो टी-२० पनि स्थगित (फोटो कथा)

nepali circket team (5)

४ मंसिर, दम्बुला (श्रीलंका) । नेपाल र हङकङको दोस्रो टी-२० क्रिकेट पनि स्थगित भएको छ ।  बिहीबार पानी नपरे पनि मैदानको केही भाग खेलाउन योग्य नभएपछि खेल भएन ।

स्थानीय समय अनुसार विहान १० बजे (नेपाली समय अनुसार सवा १० बजे) रनगिरी दाम्बुला अन्तराष्ट्रिय रंगशालामा खेल सुरु हुनु पर्ने हो । तर, झण्डै ५ घन्टासम्म कुर्दा पनि खेल सुरु हुन सकेन र अपराहृन पौने ३ बजे खेल स्थगित भएको घोषणा गरिएको छ ।

बुधबार परेको पानीका कारण स्कोर बोर्ड इण्डतर्फको केही भाग हिलो जस्तै छ । अम्पायरसहितको टीमले निरन्तर मैदानको अवस्था हेरेका थिए ।

भोलिका लागि मैदानको अधिकांश भाग पालले छोप्ने व्यवस्था गरिने आश्वासन रंगशाला व्यवस्थापनले दिएको छ । यसो भएमा शुक्रबारबाट खेल हुनेछ । तर, तीन खेलकाे टी-२० सेरिज हुन्छ कि हुँदैन भन्ने टुंगो भएको छैन ।

भेन्यू म्याजेनरले एकदिसवसीय सार्न दुबै देश तयार भए शुक्रबार, शनिबार र सोमबार गरी तीन टी-२० हुन सक्ने बताएका छन् । तर, निर्यण अाउन बाँकी छ ।

पानीकै कारण बुधबारको पहिलो टी-२० क्रिकेट स्थगित भएको थियो ।

nepal vs hongkong 1
कप्तान पारस खड्का । उनको घुँडामा लागेको चोट अझै पूर्ण रुपमा ठिक भएको छैन ।
nepal vs hongkong 4
खेल हुने अासमा बसेको हङकङको टीम


   खेलको अभ्यास गर्दै नेपाली टोली 

nepali circket team (1) nepali circket team (2) nepali circket team (3) nepali circket team (4) nepali circket team (6) nepali circket team (7) nepali circket team (8) nepali circket team (9) nepali circket team (10) nepali circket team (12) nepali circket team (14)

nepal vs hongkong 8

tirpal

nepal vs hongkong 10

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment