Comments Add Comment

एकदिवसीय छाडेर भएपनि टी-२० सेरिज खेल्न चाहन्छौं : पारस

paras khadka

४ मंसिर, दम्बुला (श्रीलंका) । नेपाली क्रिकेट टीमका कप्तान पारस खड्काले एकदिवसीय छाडेर भएपनि हङकङसँगको टी-२० सेरिज खेल्न प्रस्ताव गरेको बताएका छन् ।

दोस्रो टी-२० स्थगित भएपछि अनलाइनखबरसँग कुरा गर्दै कप्तान खड्काले अन्तराष्ट्रिय मान्यताप्राप्त सेरिजलाई प्राथमिकता दिएको बताए । उनले भने-आश गरौं भोलिको खेल हुनेछ ।’

उनका अनुसार यसबारे निर्णय भइसकेको छैन । यसले गर्दा भोलि रेष्ट डेमा हुने खेल पहिलो वा दोस्रो टी-२० भन्ने अन्यौल छ ।

प्रशिक्षक पुवुदु दशानायकेले पनि नेपालले टी-२० लाई नै महत्व दिएका बताए ।

रनगिरी दम्बुला अन्तराष्ट्रिय रंगशालाका भेन्यू म्यानेजरका अनुसार दुबै टीमको सहमति भए २४ नोभेम्बरमा हुने एकदिवसीय सारेर वा स्थगित गरेर तीन टी-२० सेरिज खेलाउने सम्भावना छ ।

स्थान परिर्वतन अस्वीकार

स्रोतका अनुसार नेपाल र हङकङको दुबै टीमले दाम्बुला बाहेकका स्थानमा लगेर भएपनि टी-२० खेलाउन आग्रह गरेका थिए ।

तर, आईसीसीले अस्वीकार गरेको छ । अन्तराष्ट्रिय मान्यता प्राप्त टी-२० भएकाले एकदिवसीय खेल खेलिसकेको रंगशालामा नै हुनुपर्छ ।

यो निर्णयले कुरुनेगालामा खेल सार्न सम्भव भएन भने कोलम्बोका अधिकांश रंगशालामा अन्य खेल तय भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment