Comments Add Comment

प्रधानमन्त्रीसँग अमेरिकी सहायक विदेश मन्त्रीको भेट

PM SUSHIL KOIRALA-WITH-BISHWAL९ मंसिर, काठमाडौं । नेपाल भ्रमणमा रहेकी दक्षिण र मध्य एशियाली मामिला सम्बन्धि सहायक विदेश मन्त्री निशा देशाई विश्वालले मंगलबार विहान प्रधानमन्त्री सुशील कोइरालासंग भेटवार्ता गरेकी छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा नेपाल-अमेरिका सम्बन्ध, दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को १८ औं शिखर सम्मेलन, नेपालको संविधान निर्माण प्रकृया लगायतका विषयमा कुराकानी भएको थियो ।

अमेरिकी सहायक विदेश मन्त्री विश्वाल सार्कको १८ औं शिखर सम्मेलनमा पर्यवेक्षकको रुपमा सहभागिता जनाउन नेपाल आएकी हुन् ।

भेटमा प्रधानमन्त्री कोइरालाले नेपाल अहिले जननिर्वाचित संविधानसभाबाट संविधान लेखन गरी जारी गर्ने ऐतिहासिक चरणमा रहेकोले यसमा अमेरिकाको सहयोग र सदभाव रहने विश्वास व्यक्त गरेका थिए । उनले नेपाली जनता शान्ति, स्थायित्व र विकासका पक्षमा रहेकोले संविधान आउनेमा आफू विश्वस्त रहेको बताएका थिए ।

अमेरिकी सहायक विदेश मन्त्री विश्वालले अब आउने संविधानले सहिष्णु र समावेशी नेपाली समाजमा शान्ति र स्थिरता कायम गर्न सघाउने विश्वास व्यक्त गरेको प्रधानमन्त्री कोइरालाका प्रेस संयोजक प्रकाश अधिकारीले जानकारी दिए ।

तस्वीर : प्रधानमन्त्रीको सचिवालय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment