Comments Add Comment

फैसलाको सवा आठ अर्ब उठेन

supreme-court-of-Nepal-Final1
१२ मंसिर, काठमाडौं । सर्वोच्च अदालतको अन्तिम फैसलाबाट राज्यकोषमा जम्मा हुनुपर्ने करिब सवा आठ अर्ब रुपैयाँ राजस्व उठ्न बाँकी छ । फैसला कार्यान्वयन निर्देशनालयले जरिवाना असुल गर्न अभियान चलाए पनि प्रभावकारी हुन सकेको छैन् ।
मुलुकभर आठ अर्ब २६ करोड १५ लाख ३० हजार तीन सय २० रुपैयाँ जरिवाना असुल गर्न बाँकी रहेको सर्वोच्चले जनाएको छ । यसमध्ये सात अर्ब रुपैयाँ १४ जिल्लाका दोषीबाट मात्र उठ्न बाँकी छ । ती जिल्लामा निर्देशनालयले विशेष अभियान नै चलाए पनि अपेक्षित जरिवाना नउठेको नयाँ पत्रिकामा खबर छ । निर्देशनालयका अनुसार ००७ देखि कतिपय फैसला पनि कार्यान्वयन हुन सकेका छैनन् ।
गत वर्षमा नौ अर्ब ५६ करोड ६६ लाख ४६ हजार पाँच सय ७५ रुपैयाँ जरिवाना उठ्न बाँकी थियो । गत वर्ष एक अर्ब ३० करोड ५१ लाख १६ हजार दुई सय ५५ रुपैयाँ असुल भएको थियो ।

कैद असुलीतर्फ पनि अवस्था नाजु नै छ । फौजदारी मुद्दामा कैदतर्फ असुल हुन बाँकी कैद एक लाख वर्षको हाराहारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment