Comments Add Comment

गाविस कार्यालयमा गाईभैसी, सचिवलाई भाडाको कोठा

१२ मंसिर, दाङ । धनौरी गाविस कार्यालयमा गाईभैसी बाँधिएका छन् । गाविससचिवले आफ्नो दैनिक कामकाज हाटबजारको कटेरामा बसी गर्ने गर्छन् । द्वन्द्वकालमा ध्वस्त पारिएको धनौरी गाविसका दुईवटा भवन पुनर्निमाण नहुँदा गोठमा परिणत भएका हुन् ।

ध्वस्त एउटा भवनमा स्थानीयले गाई, भैंसी र खसीबाख्रा राख्ने गरेका छन् । ध्वस्त पारिएको अर्को भवन त्यसै छाडिएको नयाँ पत्रिकामा खबर छ । भवन प्रयोगविहीन भएपछि आफूले केही वर्षदेखि पशुचौपाया बाँध्न थालेको स्थानीइ सुनीता रेउलेले बताइन् ।

‘भवन मर्मत गरेर हुनेजस्तो छैन्, नयाँ भवन निर्माणका लागि कसैले चासो दिएको छैन्,’ धनौरी-२ देवीपुरका नोखिराज पुनले भने । उता धनौरी-७ खैरेनीका टेकबहादुर पाण्डेलाई राज्यबाट आफूहरु उपेक्षामा परेको भन्ने लागेको छ । उनले भने ,’शान्ति तथा पुननिर्माण मन्त्रालय गठन भएको छ । तर, वर्षौदेखि हाम्रो गाविसको भवन बन्न सकेको छैन् ।’

गाविस सचिव राजेश गुप्ताले पनि भवन निर्माण गरिदिन जिल्लाका सबै निकायमा हारगुहार गरेपनि सुनुवाइ नभएको बताए । उनले भाडामा एउटा कटेरो लिएर कार्यालय सञ्चालन गरेका छन् । ‘कर्मचारीलाई बस्ने ठाउँ छैन्, सेवाग्राही बाहिरै बस्नुपर्छ,’ गुप्ताले भने,’प्रतिकूल मौसममा सबैलाई कष्ट हुन्छ, कार्यालयमा काम हुँदैन् ।’ गाविस भवन नजिकै हाटबजारका लागि बनाइएको कटेरोमा भाडामा बसी उनले दैनिक कामकाग गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment