+
+
Shares

छापामा आज : खेलाडीलाई सरकारले हेरेन, खर्च जुटाउन कुटानी पिसानी मिल

अनलाइनखबर अनलाइनखबर
२०७५ फागुन १८ गते ७:०७

१८ फागुन, काठमाडौं । राजधानी काठमाडौंबाट प्रकाशित दैनिक पत्रिकाहरु आज पनि मन्त्रीसहित ७ जनाको ज्यान जानेगरी ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनाकै विषयमा केन्द्रित छन् । मन्त्री रवीन्द्र अधिकारीसहित सबै दिवंगतहरुको शुक्रबार गरिएको अन्त्यष्टि र त्यस क्रममा देखिएको दृश्यलाई आजका सबै पत्रिकाहरुले मर्मस्पर्शी ढंगले पहिलो पृष्ठमा उतारेका छन् ।

‘अधिकारीको अन्त्यष्टिमा मानवसागर’ शीर्षक दिएर अन्नपूर्णले लेखेको छ– रुँदारुँदै थाकेकी रवीन्द्रकी पत्नीलाई कान्छा छोरा स्वराज घरी आँसु पुछिदिन्थे घरी पानी खुवाउँथे । आमा लक्ष्मी र बाबा इन्द्रप्रसादलाई सम्हाल्दै मुस्किल थियो ।’

वाइडबडी प्रकरणमा दिवंगत रवीन्द्र अधिकारी जोडिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको प्रष्टीकरणलाई पनि अन्नपूर्णले समेटेको छ । अन्नपूर्ण लेख्छ– वाइडबडी खरिद प्रकरणमा भएको अनियमततामा दिवंगत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी निर्दोष रहेको प्रधानमन्त्री ओलीले बताएका छन् । अधिकारीको निधनमा शोक प्रस्ताव पारित गर्न शुक्रबार बसेको नेकपा बैठकमा ओलीले सरोकार नभएको विषय वाइडबडीमा जोडेर केही तत्वले बदनाम गर्न खोजेको अन्नपूर्णको समाचारमा उल्लेख छ ।

‘यतिबेला अरु धेरै कुरा त केही भन्न चाहन्नँ । अत्यन्तै अनुचित ढंगले सरोकार नभएको विषय वाइडबडीमा जोडेर केही तत्वले उहाँलाई बदनाम गर्न खोजे जुन कुरा निराधार हो’, ओलीको भनाइ उद्धृत गर्दै कान्तिपुरले लेखेको छ, ‘उहाँले कुनै लोभलालच गरेको होइन, वाइडबडीमा उहाँले केही गरेको पनि छैन । त्यो उहाँ मन्त्री हुनुभन्दा पहिलेको कुरा हो ।’

पोखरा रामघाटमा गरिएको अधिकारीको अन्त्यष्टिको तस्वीर पहिलो पृष्ठमा छापेको कान्तिपुरले अन्त्यष्टि र हेलिकप्टर दुर्घटनाका अनेक पक्षबारे चर्चा गरेको छ ।

नागरिकले लापरबाहीका कारण हेलिकप्टर दुर्घटना भएको निष्कर्ष निकालेको छ । स्वदेशी तथा विदेशी भीआईपीहरुको उडान स्थगित गरिएको दृष्टान्त प्रस्तुत गर्दै नागरिकले पछिल्लोपटक सावधानी नअपनाउँदा दुःखद् घटना भएको लेखेको छ ।

खेलाडीलाई खर्च जुटाउन मिल

कर्णालीका एथलेटिक्स खेलाडीलाई खाजा खर्च जुटाउन कुटानी पिसानी मिल सञ्चालन गरिएको छ । अन्नपूर्णका अनुसार कर्णाली स्पोर्ट्स क्लबले चन्द्रनाथ नगरपालिका ५, जुम्लामा २२ लाख रुपैयाँ लागतमा मिन सञ्चालनमा ल्याएको हो ।

यसअघिका थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय म्याराथनमा कीर्तिमान राखेका जुम्लाका एथलेटिक्स खेलाडीले भोग्नुपरेको आर्थिक संकट हटाउन मिलन सञ्चालन गरिएको क्लबका अध्यक्ष सरोज शाहीले अन्नपूर्णसँग बताएका छन् ।

र, यो पनि– कुकुर पनि चोर  !

पत्यार नलाग्न सक्छ, कुकुर पनि चोर हुन्छ भन्ने तथ्य । तर दोलखाको सदरमुकाम चरिकोटमा यस्तो घटना भएको छ ।

अन्नपूर्णका अनुसार जिल्ला प्रहरी कार्यालय दोलखाले जुत्ताचप्पल हराउने स्थानीयको समस्याबारे अनुसन्धान गर्दा कुकुरले नै उक्त काम गरेको फेला पारेको हो ।
समाचार अनुसार अधिकांश समय जिल्ला मालपोत कार्यालय दोलखामा देखिने कुकुरको एक जोडीले एक महिनाको अवधिमा १ सय जोर जुत्ताचप्पल चोरेको पाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?