+
+

सडकछेउका बगैंचा बिगार्नेलाई सार्वजनिक ऐन अन्तर्गत कारबाही

अनलाइनखबर अनलाइनखबर
२०७१ मंसिर १३ गते ७:१०

Road Crossing (6)
१३ मंसिर, काठमाडौ । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सम्मेलनका बेला सडकछेउमा लगाइएका बिरुवा तथा फूल उखेल्ने र बिगार्नेलाई काठमाडौ महानगरपालिकाले सार्वजनिक ऐन अन्तर्गत कारबाही गर्ने भएको छ ।

सम्मेलन सकिएको भोलिपल्टैबाट सडकका बिरुवा उखेल्ने, च्यात्ने र बिगार्ने गरेको पाइएपछि महानगरपालिकाले त्यसमा संलग्न ब्यक्तिलाई कारबाही गरिने जनाएको नयाँ पत्रिकामा खबर छ । सडक छेउमा लगाएको विरुवा उखेल्ने र बिगार्ने काम सुरु गरेको फोटो कथा शुक्रवार अनलाइन खबरले छापेको थियो ।

सार्क सम्मेलनका क्रममा काठमाडौ महानगरपालिका र उपत्यका विकास प्राधिकरणले माइतीघर मण्डलादेखि तीनकुनेसम्मको सडकछेउमा बगैंचा बनाई फूल तथा विभिन्न जातका बिरुवा रोपेका थिए । बगैंचा निर्माण गर्न एक करोड रुपैंयाँ भन्दा बढी खर्च भएको थियो ।

रोपिएका ती बिरुवा जोगाउन महानगरले कानूनी उपाय खोजेको हो । महानगर कार्यान्वयन महाशाखा प्रमुख धनपति सापकोटाले भने, ‘सडकका बगैंचा सार्वजनिक सम्पत्ति हुन्, क्षति गर्नेलाई सार्वजनिक अपराध ऐन अन्तर्गत कारबाही हुन्छ, त्यसतर्फ महानगर अघि बढेको छ ।’
कारबाहीका लागि जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरिरहेको पनि सापकोटाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?