+
+

लमजुङको उदिपुर–मार्कीचोक–भरतपुर २२० केभी प्रसारण लाइन निर्माणमा ढिलाइ

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ८ गते १०:२६
फाइल फोटो ।

८ जेठ, लमजुङ । सामाजिक समस्या तथा जंगल कटानीलगायत कारणले निर्माणाधीन २२० केभी उदिपुर–मार्कीचोक–भरतपुर प्रसारण लाइनको काम ठप्पप्रायः छ । ३ वर्षमा सक्ने लक्ष्य निर्धारण भएको ३ अर्ब लागतको परियोजनाको काम ६ वर्षमा पनि पूरा भएको छैन ।

हालसम्म ७० प्रतिशतमात्र निर्माण सकिएको भएको परियोजनाको उदिपुर–भरतपुर डिभिजन प्रमुख नारायण रेग्मीले बताए । उदिपुर–मार्कीचोक–भरतपुर ‘डबल सर्किट’ प्रसारण लाइन निर्माण सन् २०१८ जनवरी १७ देखि थालिएकामा कारोना महामारी र बन कटानीलगायत कारणले पूरा हुन नसकेको उनको तर्क छ ।

विसं २०८१ साउन १५ गतेभित्र सम्पन्न गर्नेगरी निर्माण कम्पनीको म्याद थपिएको छ । आयोजनाकाअनुसार लमजुङको उदिपुरबाट चितवनको भरतपुरसम्म ६७ किलोमिटर प्रसारण लाइन पुर्‍याउन एक सय ९९ वटा टावर आवश्यक पर्नेमा हालसम्म एक सय २० टावरको फाउण्डेशन तयार भएको छ ।

गोरखा र तनहुँमा गरी १० हजार दुई सय २५ वटा रुख फडानीको तयारी भएको डिभिजन प्रमुख रेग्मीले बताए । लमजुङमा निर्माण हुने ४५ वटा टावरमध्ये ३२ वटा पूरा भइसकेका छन् ।

मध्यमर्स्याङ्दी जलविद्युत् केन्द्रको स्विच यार्डसम्म लाइन पुर्‍याउन ६ किलोमिटरसम्म यही प्रसारण लाइन प्रयोग भएको छ । उदिपुरबाट मध्यमर्स्याङ्दीसम्मको ६ किलोमिटर खण्डमा १७ वटा टावर छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?