Comments Add Comment

मोहन वैद्यले भने- ‘एक्ले वीर’ले क्रान्ति गर्न सक्दैन

Kiran

१३ मंसिर, काठमाडौं । नेकपा-माओवादीका अध्यक्ष मोहन बैद्य किरणले नेतृत्वका लागि बार्गेनिङ गर्नेले क्रान्ति गर्न नसक्ने बताएका छन् ।

उनले विद्रोही नेता नेत्रविक्रम चन्द विप्लवलाई ‘एक्ले वीर’को उपमा दिएका छन् ।

पार्टीका तत्कालीन सचिव नेत्रविक्रम चन्दले पार्टी फुटाएपछि पहिलोपटक शनिबार आयोजित पत्रकार सम्मेलनमा विप्लवले नेतृत्वका लागि बार्गेनिङ गरेको बैद्यले आरोप लगाएका छन् । ‘नेतृत्वका निम्ति सौजावादी हुँदैन’ आफ्नो नेतृत्व असफल भएको लाग्छ कि भन्ने प्रश्नमा बैद्यले भने-‘मैले चाहेको नेतृत्व एकल होइन, सामूहिक हो । एक्ले वीरले केही गर्न सक्दैन ।’

नेतृत्वमा कमजोरी भएको स्वीकार गरे पनि बैद्यले नेतृत्व नछाड्ने प्रष्ट संकेत गरे । सेक्टर काण्डपछि प्रचण्डलाई नेतृत्व दिनु ठीक थिएन भन्ने अहिले लागेको सुनाउँदै बैद्यले भने-‘कमजोरी भएकै कारण नेतृत्व छाड्नुपर्ने हो भने प्रचण्डले उहिल्यै छाड्नुपर्ने हो ।’

युवाले नेतृत्व गर्नुपर्छ भन्नु सकारात्मक भए पनि माओवादीमा विप्लव मात्र नभएको उनले बताए । ‘अरु पनि हुनुहुन्छ, विप्लव मात्र हुनुहुन्न’ उनले भने ।

सम्वन्ध विच्छेद गरेको विप्लवको घोषणा वैद्य माओवादीले स्वीकार गरेको छ । यो निर्णयसँगै उनी अब आफ्नो पार्टीको सचिव नरहेको समेत बैद्यले बताए ।

माओवादी केन्द्रीय समितिको विस्तारित बैठकमा सम्वन्ध विच्छेदको पत्र बुझाएर विप्लवले औपचारिक रुपमा पार्टी फुटाएका थिए ।

सच्चिएर आउन बैद्यको अपिल

माओवादी अध्यक्ष बैद्यले पार्टीका पूर्वसचिव विप्वललाई पार्टी नछाड्न आग्रह गरे । ‘सच्चिएर आउनुस्, नयाँ आधारमा एकता गरेर जाऔं’ बैद्यले विप्लवलाई पत्रकार सम्मेलनमार्फत आग्रह गरे ।

बैद्य माओवादीले आगामी पुस १० गते राष्ट्रिय भेला बेलाएको छ । सच्चिएर आए विप्लवलाई पनि सहभागी गराउन सकिने बैद्यले बताएका छन् ।

संविधानसभा र सरकार विघटनको माग

बैद्य माओवादीले संविधानसभा र सरकार विघटनको मुद्दा फेरि चर्काउने बताएको छ ।

उसले संविधानसभा विघटन र सर्वपक्षीय राजनीतिक सभाबाट राष्ट्रिय सरकार गठनलाई तत्कालीन राजनीतिक कार्यनीति बनाएको छ । ‘अहिले नै सरकार भन्न खोजेको होइन’ बैद्यले भने-यो संविधानसभा, जसबाट जनताको संविधान बन्ने आधार छैन । त्यसलाई विघटन गर्नुपर्छ ।’

बैद्य माओवादीले मंसिर २५ गते जनसंविधानको अन्तरवस्तुको प्रस्ताव सार्वजनिक गर्ने बताएको छ । साथै राष्ट्रिय स्वाधिनता तथा सार्वभौमिकताको रक्षा, उर्जा व्यापार सम्झौता लगायत खारेजको माग गर्दै पार्टीको नेतृत्वमा संघर्षका कार्यक्रम चलाउने निर्णय गरेको छ ।

प्रचण्डलाई संविधानसभा छाड्न आग्रह

माओवादी अध्यक्ष मोहन बैद्यले प्रचण्ड नेतृत्वको एमाओवादीले संविधानसभा छाडेर आएर पार्टी एकता हुने बताए ।

‘हामीले बुझाएको ६ बुँदामध्ये ५ बुँदामा सकारात्मक छौं भन्नुभएको थियो’ उनले भने- ‘छवटैमा हुनुपर्छ र संविधानसभाबाट संविधान बनाउने छाडेर नयाँ जनवाद स्वीकार गरेर आउनुपर्छ । एकता हुन सक्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment