Comments Add Comment

अर्थमन्त्रीले भने- चलखेल गरेर सेयर बजार घटाइयो

ramsaran
अर्थमन्त्री डा. रामशरण महत (फाइल फोटो)

१४ मंसिर काठमाडौं । अर्थमन्त्री डा. रामशरण महतले चलखेल गरेर सेयर बजार घटाइएको बताएका छन् । पछिल्लो समयमा सेयर बजार अस्वभाविकरुपमा घटेकोप्रति आफ्नो गंभिर ध्यानाकर्षण भएको उनले बताए ।

‘अर्थतन्त्रका सबै सूचकहरु राम्रा छन्, सूचिकृत कम्पनीहरुको प्रतिफल पनि राम्रो छ, श्रम समस्या छैन, विदेशी लगानी बढिरहेको छ, निजी क्षेत्र उत्साहित छ’ आइतबार अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री महतले भने- यो अवस्थामा पनि किन सेयर बजार घटिरहेको छ , मैले कारण देखेको छैन ।

सीमित खेलाडीहरुले चलखेल गरी बजार घटाएको हुनसक्ने उनले बताए । ‘सीमित व्यक्तिहरुले म्यानुपुलेसनले नेप्से इन्डेक्स घटेको हुनसक्छ’ उनले भने -सरकारले यस विषयमा  अध्ययन गरिरहेको छ ।

गत साउनमा महिनामा १००० अंक नाघेको नेप्से परिसूचक अाइतबार ८५६ अंकमा झरेको छ । सूचिकृत कम्पनीहरूले धमाधम प्रतिफलको घोषणा गरिरहँदा पनि नेप्से सूचक घटेपछि मन्त्री महतको ध्यानाकर्षण भएको हो । उनीअर्थमन्त्री भएकै समय २०६५ भदाै १५ गते नेप्से परिसूचक हालसम्मकै उच्च अर्थात ११७५ अंकमा पुगेको थियो ।

त्यसयताका चार वर्ष लगातार घटेको नेप्से २०७० मंसिर ४ गते भएको दोस्रो संविधानसभाको निर्वाचन पछि नयाँ सरकार गठन भएपछि बढेको थियो । तर, पछिल्ला केही महिना भने नेप्से घटिरहेको छ ।

जनताका गुनासो सुन्न ‘विगुल कक्ष’

जनताका गुनासो सुन्न अर्थ मन्त्रालयले ‘विगुल कक्ष’ को स्थापना गरेको छ । उक्त कक्ष मन्त्रालयको अनुगमन महाशाखा अन्तर्गत रहने अर्थमन्त्री महतले बताए ।

‘अर्थ मन्त्रालय र मातहतका विभिन्न निकायमा काम ढिला भएमा, भ्रष्टाचार भएमा वा कुनै सल्लाह सुझाव भएमा सर्वसाधारणले इमेल, फोन, फ्याक्स र पत्राचार गर्न सक्नेछन’ उनले भने ।

मन्त्रालयलाई जनताको अपेक्षाअनुसार सञ्चालन गर्न यस्तो कक्षको स्थापना गरिएको उनले बताए । आइतबारदेखि नै यो कक्ष सञ्चालनमा आएको छ । उक्त सेल २४ सै घन्टा खुल्ला रहने छ ।

सेलमा आएका गुनासा तथा उजुरीको प्रभावकारी कार्यान्वयन गरिने महतले बताए ।

निर्यात वृद्धि गर्न प्याकेजको तयारी

मन्त्री महतले बढ्दो व्यापारघाटा कम गर्ने उद्देश्यले सरकारले निर्यात वृद्धि गर्ने प्याकेजको घोषणा गर्ने तयारी गरिरहेको बताए । ‘व्यापारघाटा कम गर्नु अर्थतन्त्रको विद्यमान चुनौति हो’ उनले भने -निर्यात बढाउन सरकारले चाँडै नै प्याकेजको घोषणा गर्दैछ ।

पुँजीगत खर्च हुन सकेन

मन्त्री महतले सरकारले पुँजीगत खर्च गर्न नसकेको बताए । वर्षभरीमा सरकारले १ खर्ब १७ अर्ब पुँजीगत खर्च गर्ने लक्ष्य भएपनि ४ महिनामा साढे ६ अर्ब रुपैयाँ मात्रै खर्च भएको जानकारी दिए ।

‘गत वर्षको यसै अवधिको तुलनामा पुँजीगत खर्च २० प्रतिशतले बढे पनि लक्ष्यअनुसार अत्यन्तै न्यून छ’ उनले भने ।

आर्थिक वर्षको अन्त्यमा आएर खर्च गर्ने प्रवृत्ति निरुत्साहित गरिने उनले दोहोर्‍याए । ‘चालू अवस्थामा रहेका र सन्तोषजनक प्रगति भएका आयोजनालाई बजेटको अभाव हुन दिइने छैन’ उनले भने ।

लक्ष्यभन्दा बढी राजस्व

चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा सरकारी लक्षभन्दा ७ प्रतिशत बढी राजस्व उठेको छ । ‘सरकारले १ खर्ब ७ अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको थियो’ मन्त्री महतले भने -तर, यस अवधिमा १ खर्ब १४ अर्ब रुपैयाँ राजस्व उठेको छ ।

अर्थतन्त्र सकरात्म

देशको अर्थतन्त्र सकरात्मक दिशातर्फ उन्मूख भएको मन्त्री महतले दाबी गरे । चार महिनाको अवधिमा ९० करोड डलर बराबरको वैदेशिक सहायतामा हस्ताक्षर भएको, ५० अर्ब लगानीमा भारतको रिलायन्स समूहलाई नेपालमा सिमेन्ट उद्योग स्थापना गर्न अनुमति दिइएको, होटलहरुमा २५ अर्ब लगानीको घोषणा भएको, होड्रोमा मात्रै १ ख्र्बभन्दा बढी लगानीको प्रतिवद्धता आउनुले अर्थतत्तन सकरात्मक दिशातर्फ उन्मुख भएको संकेत गरेको उनले बताए ।

मुल्यवृद्धि पनि सरकारको नियन्त्रण नजिक आएको महतले दाबी गरे । ‘गत वर्षको यसै अवधिमा ८.५ प्रतिशत रहेको मुद्रास्पिmति यो कात्तिक मसान्त्मा ७.५ प्रतिशत मात्रै छ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment