Comments Add Comment

मधेसी मोर्चालाई एमालेले देखायो ‘हरियो घाँस’

UML-MADHESIMORCHA-CHHALFAL
एमाले र मधेसवादी दलका नेताहरु छलफलमा । तस्वीर : एमाले अध्यक्ष केपी ओलीको ट्वीटर

१५ मंसिर, काठमाडौं । सरकारमा सहभागी भएर सहमतिमा संविधान निर्माण गर्न नेकपा एमालेले राखेको प्रस्तावलाई संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले अस्वीकार गरेको छ ।

एमाले संसदीय दलको कार्यालयमा सोमवार भएको छलफलमा अध्यक्ष केपी शर्मा ओलीले मधेशी दलहरु पनि सरकारमा सामेल भएर राष्ट्रिय सहमतिको सरकार बनाउन र त्यसपछि संविधान जारी गर्न सकिने बताएका थिए ।

तर, जवाफमा मधेशी मोर्चाका नेताहरुले संविधान जारी नभई सरकारमा नजाने मोर्चाको भिष्मप्रतिज्ञा सुनाएका थिए । ओलीको प्रस्तावलाई तराई मधेस लोकतान्त्रिक पार्टीका नेताले  ठट्यौली पारामै अस्वीकार गरेका थिए ।

‘सरकारमा सहभागी गराउने भनेर हामीलाई फेरि काउकुती नलगाउनुस, उसै पनि मधेसवादी दललाई सरकार भनेपछि काउकुती लागिहाल्छ भन्ने आरोप छ’ त्रिपाठीको भनाइ उधृत गर्दै बैठकका एक सहभागीले भने, ‘हामीलाई यत्तिकै छाडिदिनुस्, संविधान बनाएपछि सरकारमा सहभागी हौंला ।’

फोरम अध्यक्ष उपेन्द्र यादवले सरकारको आश देखाएर फेरि हरियो घाँस हाल्ने क्रम शुरु भएको एमालेसँगको छलफलपछि बताए । ‘अब हरियो घाँसमा को को लोभिने हुन् हेर्न बाँकी छ,’ यादवले भने ।

दलहरुबीच सहमति नभएपछि मंसिर १७ गतेसम्मका लागि संवैधानिक राजनीतिक संवाद समितिको बैठक स्थगित भएको छ । यसबीचमा दलहरुले सहमतिको प्रयास जारी राख्ने भनिए बमोजिम एमालेले मधेशी मोर्चाका नेताहरुसँग छलफल गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment