+
+

अर्थमन्त्रीलाई पत्याएनन लगानीकर्ताले, नेप्से साढे ५ अंकले घट्यो

अनलाइनखबर अनलाइनखबर
२०७१ मंसिर १५ गते १५:४४

Nepse-2071-8-15

१५ मंसिर काठमाडौं । अर्थमन्त्री डा. रामशरण महतले सेयर बजार घट्नुको कुनै कारण नभएको भन्दै लगानीकर्तालाई ढुक्क भएर लगानी गर्न आग्रह गरेको भोलिपल्ट नै नेप्से परिसूचक घटेको छ । सोमबार नेप्से सूचक ५.४५ अंकले घटेर ९५१.५३ अंकमा झरेको छ ।

आइतबार अर्थमन्त्रालयमा पत्रका सम्मेलनको आयोजना गरी मन्त्री महतले खेलाडीहरुले चलखेल गरेर सेयर बजार घटाएको र सरकारले अध्ययन गरी आवश्यक निर्णय गर्ने तयारी गरिरहेको बताएका थिए । (र्हेनुहोस – अर्थमन्त्रीले भने- चलखेल गरेर सेयर बजार घटाइयो )

सोमबारको कारोबारबाट उत्पादनमूलक र अन्य समूहबाहेक सबै समूहगत सूचकहरु घटेका छन् । अन्य समूहको सूचक ३.५३ अंकले बढ्यो भने उत्पादनमूलकको सूचक १.१७ अंकले बढेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

वाणिज्य बैंक समूहको सूचक ४.५६ अंकले घटेको छ । सोमबार यो समूहको मात्रै ५ करोड ९३ लाख रुपैयाँको काराबोर भयो ।

त्यसैगरी होटल समूहको ६.४४ अंकले, विकास बैंक समूहको २.३९ अंकले, जलविद्यूत समूहको २.३९ अंकले, वित्त कम्पनी समूहको ६.८६ अंकले र बीमा समूहको सूचक ५३.८५ अंकले घटेको छ ।

सोमबार नेप्सेमा १ सय २४ कम्पनीका ३ लाख ८७ हजार कित्ता सेयर १३ करोड ९६ लाख रुपैयाँमा किनबेच भएको स्टक एकसचेञ्जले जनाएको छ ।

यो दिन एभरेष्ट बैंक, चिलिमे हाइड्रोपावर, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी, लाइफ इन्स्योरेन्स कर्पोरेसन र नविल बैंकको सबैभन्दा बढी कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?