+
+

नेपाल टेलिकमका अधिकृतलाई ८ वर्ष जेल सजायँ

अनलाइनखबर अनलाइनखबर
२०७१ मंसिर १५ गते १९:४२

१५ मसिर, काठमाडौं । विशेष अदालतले राजस्व हिनामिना गरेका आरोपमा नेपाल टेलिकम विराटनगर शाखका सहायक प्रशासकीय अधिकृत प्रदीपकुमार नकर्मीलाई दोषी ठहर गरेको छ ।

अदालतले नकर्मीलाई ८ वर्ष जेल सजाय सुनाएको छ भने एक करोड ८४ लाख ५० हजार ०६८ जरिवाना भराउन भनेको छ ।

अदालतका अध्यक्ष मोहनरमण भट्टराई तथा सदस्यद्वय भूपेन्द्रप्रसाद राई र नरेन्द्रकुमार शिवाकोटीको इजलासले नगद शाखा (क्यास फाँट)मा कार्यरत सहायक अधिकृत नकर्मीले राजस्व जम्मा भएको रकम टेलिकमको नाममा बैंक दाखिला नगरी हिनामिना गरेको ठहर गरेको हो ।

अर्का सहायक कर्मचारी इमु श्रेष्ठ -नकर्मी)ले भने सफाइ पाएका छन् । सहायक अधिकृत नकर्मीले यसअघि ३९ लाख ३७ हजार रकम बुझाइसकेकाले बिगो बराबरको बाँकी एक करोड ४५ लाख १३ हजार ०६८ भराउनुपर्ने ठहर गरिएको छ ।

राजस्व दाखिला गर्नुपर्ने रकम हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०६९ असोज ४ मा मुद्दा दायर गरेको थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?