+
+

मौनता तोड्छु भन्दै लोकमानले भने- सुशासन समितिमा मात्र आउँछु

अनलाइनखबर अनलाइनखबर
२०७१ मंसिर १९ गते ९:१९

Lokman karki-in-susasan samiti

१९ मंसिर, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीले संसदको सुशासन तथा अनुगम समितिमा मात्र अाउने बताएका छन् ।

अख्तियार प्रमुखलाई संसदको विभिन्न समितिले बोलाउने क्रम बढेसँगै क्षेत्राधिकार विवाद सुरु भएको छ । अर्थ समितिमा उपस्थित भएका अख्तियार प्रमुखले अब सुशासन समितिमा मात्र जान्छु, अन्यमा आउँदिन भनेपछि संसदीय समितिहरुले अख्तियारलाई बोलाउन मिल्ने नमिल्ने बहस पनि चलेको छ ।

संसदको सुशासन तथा अनुगमन समितिको शुक्रबारको बैठकमा कार्कीले क्षेत्राधिकार विवादमा आफ्नो मौनता तोड्ने उपयुक्त मौका आएको बताए । उनले भने- ‘अहिलेसम्म मैले केही बोलेको थिइन । उपयुक्त समयको प्रतिक्षामा थिएँ ।’

उनले संसद नियमावलीमा अख्तियारलाई सुशासन समिति मातहतमा राखेको भन्दै उनले भने-‘सबै समितिले सबैलाई बोलाउन मिल्ने भए सबै समितिमा सबै उपस्थित हुने भनेर लेखे भइहाल्थ्यो किन बाँडफाँड गर्नुपर्थ्यो ?’

निमायमावलीबारे सबैले आ-आफ्नो व्याख्या गरेको भन्दै उनले नियमावलीको व्याख्या गर्ने अधिकार सभामुखलाई मात्र भएको बताए ।

अख्तियार प्रमुख कार्कीले संसदका अन्य समितिमा उपस्थित नहुने संकेत गर्दै भने-‘संसदमा उठेका प्रश्नहरुको निराकरण गर्न यो समितिमार्फत आमन्त्रित गरिन्छ भने हामी जुनसुकै बेला आउन तयार छौं । सयय दिन तत्पर छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?