Comments Add Comment

संवाद समितिले प्रतिवेदन बुझायो

Sambad-Samiti

१९ मंसिर, काठमाडौं । संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिका सभापति डा. बाबुराम भट्टराईले संविधानसभाका अध्यक्षलाई शुक्रबार समितिको प्रतिवेदन बुझाएका छन् ।
प्रतिवेदन बुझ्दै संविधानसभाका सभाध्यक्ष सुवासचन्द्र नेम्वाङले संविधानसभाको बैठक मंसिर २३ गते मंगलबार दिउँसो ३ बजेका लागि बोलाएका छन् ।
लामो समयको विवाद र गत्यावरोधपछि सभापति भट्टराईले समितिको प्रतिवेदन बुझाएका हुन् । प्रतिवेदनमा के छ भन्ने पूर्ण व्यहोरा सार्वजनिक गरिएको छैन । सबै पक्षको भावनालाई समेटेर प्रतिवेदन बुझाइएको भट्टराईले बताएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment