Comments Add Comment

अमेरिकी बन्धक ल्यूक सोमर्सको निधन

luke somers

२० मंसिर, काठमाडौं । अलकायदा चरमपन्थीको कब्जाबाट छुटाउने प्रयासमा अमेरिकी पत्रकार ल्यूक सोमर्सको निधन भएको छ ।

अलकायदाले ल्यूकलाई अपहरण गरी यमनमा राखेको थियो । उनको रिहाइका लागि अमेरिकाले सैन्य अभियान चलाएको थियो, जुन असफल भएको छ ।

अमेरिकी अधिकारीले न्यूयोर्क टाइम्ससँग भनेका छन्-‘छापाका क्रममा ल्यूक सोमर्सलाई अपहरणकारीले गोली हाने । जसका कारण उनको मृत्यु भएको छ ।’
ल्यूककी बहिनी लुसीले एपीसँग कुरा गर्दै एफबीआईले ल्यूकको मृत्यु भएको जानकारी दिएको बताएकी छन् ।

बेलायत जन्मिएका ल्यूक सोमर्स सन् २०१३ मा यमनबाट अपहरणमा परेका थिए , हालै मात्र सार्वजनिक भिडियोमा उनले रिहाइका लागि मदत मागेका थिए ।
त्यसपछि उनका भाइ र आमाले रिहाइका लागि अपहरणकर्तालाई भिडियोमार्फत आग्रह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment