Comments Add Comment

हट अबतार लिएर आइन बिपासा

bipasa
मुम्बइ । विपाशा बसुको हट अवतारको प्रतिक्षा गरिरहेकाहरुलाई खुसीको खवर छ । नयाा फिल्म ‘अलोन’ मा उनी ‘जिस्म’ कै शैलीमा हट अवतारमा प्रस्तुत भएकी छिन् ।
हालै सार्वजनिक भएको पोष्टरमा अभिनेता करण सिंह बिचमा छन् भने दुबै तर्फ विपाशा छिन् कामुक र हरर मुद्रामा ।
विपाशाले यहि पोष्टरलाई आफ्नो ट्वीटरमा पनि पोष्ट गरेकी छिन् । विपाशाको हरर फिल्म यो नै पहिलो भने होइन । यसअघि पनि उनले ‘राज थ्री’ मा काम गरिसकेकी छिन् ।
भुषण पटेलको निर्देशन रहेको यस फिल्ममा विपाशाले निकै राम्रो काम गरेको दाबी निर्देशक पटेलले गरेका छन् । पटेलले यसअघि ‘रागीनी एमएमस -२’ र १९२० अलिभ रिटर्न’ को निर्देशन गरेका छन् ।
पछिल्लो समय बिपाशा र करणको सम्बन्ध निकै राम्रो छ । लामो समयसम्म जोन अब्राहमसागको रिलेशनसिपमा रहेकी बिपाशाले केही वर्ष यता गतिला फिल्म दिन सकेकी छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment