+
+

विमान चालक राई र लामा पुरस्कृत

अनलाइनखबर अनलाइनखबर
२०७१ मंसिर २१ गते १४:३८

२१ मंसिर, काठमाडौं । अन्तर्राष्ट्रिय नागरिक उडड्यन प्राधिकरण दिवसको अवसरमा आइतबार विमान चालक ज्ञानप्रकाश राई र प्रमोदकुमार लामालाई ‘क्याप्टेन प्रभुशरण पाठक पुरस्कार’ प्रदान गरिएको छ ।

प्रभुशरण पाठक स्मृति कोषबाट स्थापना गरिएको पुरस्कार ठूला विमान उडानमा करिब तीन दशक लामो अनुभव हासिल गरेका राई तथा हेलिकप्टर उडानमा २५ वर्षको अनुभव बटुलेका लामालाई प्रदान गरिएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव सुरेशमान श्रेष्ठले उनीहरुलाई जनही २५/२५ हजार नगदसहित प्रमाणपत्र प्रदान गरे ।

आइतबार राजधानीमा आयोजित कार्यक्रममा सचिव श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति तथा पूर्वाधार विकासका लागि सार्वजनिक-निजी साझेदारिताको माध्यमबाट कार्य अघि बढाइने र यसका लागि सबै पक्षको सहयोग आवश्यक भएको बताउनुभयो ।

मन्त्रालयका सहसचिव सुरेश आचार्य, नागरिक उडड्यन प्राधिकरणका महानिर्देशक रतिशचन्द्रलाल सुमन, क्याप्टेन रामेश्वर थापालगायतले नेपालको आकाश हवाई उडानका लागि सुरक्षित बनाएर अन्तर्राष्ट्रिय क्षेत्रमा मुलुकको साख उँचो राख्नुपर्ने धारणा राखे ।

प्रत्येक वर्ष डिसेम्बर ७ मा अन्तर्राष्ट्रिय नागरिक उडड्यन प्राधिकरण दिवस मनाइँदै आएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?