Comments Add Comment

ओछ्यानबाट हराएको शिशु इनारभित्र भेटियो

२३ मंसिर, घोराही । दाङमा एक बालकको रहस्यमय तरिकाले मृत्यु भएको छ । सैघा १ राम्चे घर भई घोराही ६ फुर्सेखालीमा डेरा गरी बस्ने कृष्ण बुढाथोकीको ११ महिनाको छोरा आयुष इनारमा मृत अबस्थामा फेला परेका छन् ।

आमा कमला बुढाथोकीले बच्चालाई सोमबार बेलुकी साढे सात बजे कोठामा सुताएर शौचालय गएको तर कोठामा फर्किदा छोरालाई नभेटेको बताइन् । त्यसपछि प्रहरीमा खबर गरिएको थियो ।

प्रहरीले खोजतलास गर्दा बालक इनारमा भेटिएको थियो । इनारबाट निकालेर उपचारका लागि राप्ती उपक्षेत्रिय अस्पताल घोराहीमा पुर्‍याएपनि डाक्टरले शिशुलालाई मृत घोषित गरेका थिए ।

घटना रहस्यमय रहेकोले अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय दाङका निमित्त प्रमुख डिएसपी रन्जितसिंह राठौरले जानकारी दिए ।

मृतकका बाबु कृष्ण नेपाली सेनाका बाग्लुङमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment