२४ मंसिर, काठमाडौं । विश्व खेलकुदको इतिहासमा शनिबारको रात ऐतिहासिक हुनेछ, किनकी आमिर खान अहिलेसम्मकै महंगो कट्टु लगाएर बक्सिङको रिङमा उत्रिनेछन् ।
अमेरिकाको लस भेगासमा हुने उक्त प्रतिस्पर्धामा अर्का बक्सर डेभोन अलेक्जेन्डरसँग भिडन्तमा उत्रिँदा आमिर खानले २४ क्यारेट सुनको ३० हजार पाउण्ड अर्थात् झण्डै ४७ लाख नेपाली रुपैयाँ पर्ने जाँगे लगाउनेछन् ।
यस्तो महंगो सुनको कट्टु लगाएर बक्सिङ खेल्न लागेका आमिर खान भन्ने व्यक्ति बलिउडका चर्चित नायक आमिर खान भने होइनन् । बेलायतको बोल्टनमा जन्मिएका बक्सर आमिर खान आफ्नी नाबालिका छोरीमा समर्पित गर्दै दुनियाकै महंगो बक्सिङ ड्रेस लगाएर भिडन्तमा उत्रिन लागेका हुन् ।
आफ्ना बच्चाबच्चीले कुनै दिन मेरा बुवा महान च्याम्पियन थियो भन्ने कुरा भन्न सक्षम होउन् भन्ने आफुले चाहेको आमिर बताउँछन् । तर, शनिबारको बक्सिङ स्पर्धामा अमेरिकी बक्सरलाई हार चखाएर उनले आफुलाई च्याम्पियन सावित गर्न सक्छन् की सक्दैनन् त्यो भने हेर्न बाँकी नै छ ।
शनिबार राति प्रतिस्पर्धा सुरु हुनुअघि उक्त महंगो जाँगे प्रदर्शन गरिनेछ । खेल सकिएपछि उक्त कट्टुलाई संग्राहलयमा राखिनेछ ।
खानले सिन सिटीमा सपिङ गरेको तस्वीर आफ्नो टि्वटरमा राखिसकेका छन् ।
प्रतिक्रिया 4