२४ मंसिर, काठमाडौं । भारतविरुद्धको पहिलो टेष्टको दोस्रो दिन अष्ट्रेलियाका कप्तान माइकल क्लार्क र स्टीभन स्मिथले शतक बनाएका छन् ।
बुधबार वर्षाले प्रभावित दोस्रो दिनको खेल सकिँदासम्म घरेलु टोलीले ७ विकेट गुमाएर ५१७ रन बनाएको छ । एडिलेडमा ६ विकेटको क्षतिमा बनाएको ३५४ रनबाट दोस्रो दिनको खेल थालेको अष्ट्रेलियाका स्मिथ र क्लार्क चम्किए ।
स्मिथले आफ्नो पाँचौं टेष्ट शतक पुरा गरे । पहिलो दिन ७२ रनमा अविजित रहेका उनी दोस्रो दिनको खेल सकिँदासम्म १६२ रनमा खेलिरहेका छन् ।
कप्तान क्लार्कले करियरको २८ औं टेष्ट शतक बनाएका छन् । पहिलो दिन उनी ६० रनमा रिटार्यड हट भएका थिए । उनी १२८ मा आउट भए, जुन भारतले दोस्रो दिन लिएको एक मात्र विकेट हो ।
पहिलो दिन अष्ट्रेलियाका डेभिड वार्नरले शतक बनाएका थिए । टेष्ट करियरको १० औं शतक बनाएका उनी १४५ रनमा आउट भएका थिए ।
प्रतिक्रिया 4