Comments Add Comment

उडिरहेको विमानमा नेपाली यात्रुको निधन

Air-india

२५ मंसिर, काठमाडौं । भारतको नयाँदिल्लीबाट काठमाडौं आउँदै गरेको जहाज आकासमा उडिरहेको बेला एक नेपाली यात्रुको निधन भएको छ ।

एयर इण्डियाको विमानमा नेपाली यात्रु ७४ वर्षका लालकाजी गुरुङको मृत्यु भएको हो । तीन महिनाअघि क्यान्सरको उपचारका लागि भारत गएका उनी बिहीबार घर फर्किएका थिए ।

त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले गुरुङको निधनको पुष्टि गरेको छ । अध्यागमन कार्यालयका अनुसार विमान उडिरहेको अवस्थामा नै गुरुङको निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment