Comments Add Comment

पेरिस हिल्टनको हातमा सलमानको ब्रासलेट !

salman parisमुम्बई । ४८ वर्ष पार गर्न लागेपनि रीयल लाइफमा कुनै पनि युवतिको गलामा मंगलसुत्र र हातमा औंठी लगाइदिने अबसर जुरेको छैन सलमान खानलाई ।
उनलार्इ मन पराउने र उनीसंगै जीवन बिताउने चाहना राख्ने केटी साथी नभएका होइनन् तर, त्यो चाहना राख्नेहरुलाइ एक हुने अवसर समयले अझै जुराएको छैन ।
तर, हालै सलमानको सवैभन्दा मनपर्ने ब्रासलेट हलिउड अभिनेतृ पेरि हिल्टनको हातमा देखिएको छ । सलमानले नियमित लगाउने यस्तो सिक्रि हिल्टनलाई उपहार दिएपछि अहिले बलिउडमा उनीहरुको सम्बन्धबारे चर्चा हुन थालेको छ ।
एक ब्यबसायीको जन्मदिनको निम्तो मान्न भारत आएकी अभिनेत्री हिल्टनसंग भेटघाट गरेका सलमानले केही भलाकुसारी गर्नुको साथै संगै नाचेर पार्टीको मज्जा समेत लिए । हिल्टन र सलमानसंगै गायक मिका सिंह पनि सहभागी थिए उक्त कार्यक्रममा ।
नाच्दा नाच्दै मिकाले आफ्नो गलामा रहेको हिराको हार निकालेर हिल्टनलाई दिएका थिए । तर, मिकाको हार हिल्टनको गलामा लगाइदिने काम भने सलमानले गरेका थिए । त्यसो त हिल्टन र सलमानले ब्रासलेट साटासाट समेत गरे ।
सलमानसंग नाच्दा निकै मख्ख परेकी हिल्टनले सलमानलाई आफ्नो एक असल साथी भन्दै ट्वीट गरेकी छिन् । ‘गुड टाइम्स इन इण्डिया,वीथ माइ फ्रेण्ड सलमान खान’ हिल्टनले ट्वीट गर्दै भनेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment