+
+

तस्करी गरेको काठसहित एमाओवादी नेता पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७१ मंसिर २७ गते ७:१३

२७ मंसिर, डडेलधुरा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीलेे एकीकृत नेकपा माओवादीका पूर्व केन्द्रीय सदस्य जगत पार्कीलाई काठ तस्करी गर्दै गरेको अवस्थामा शुक्रबार पक्राउ गरेको छ ।

६२ थान गोलियासहित पार्कीलाई डडेल्धुराको चुरे क्षेत्रबाट पक्राउ गरिएको जिल्ला वन कार्यालय डडेल्धुराले जनाएको छ । आयोग कञ्चनपुरबाट खटिएको टोली र इलाका वन कार्यालयको टोलीले पार्कीलाई पक्राउ गरेको सहायक वन अधिकृत दानबहादुर श्रेष्ठले जानकारी दिए ।

ठूलो मात्रामा वन फँडानी भइरहेको सुराकीबाट जानकारी पाएपछि खटिएको टोलीले छापा मार्दा काठ भेटिएको आयोगका निमित्त जिल्ला प्रमुख विष्णुसिंह विष्ट बताए ।

वन तस्कर र आलिताल रेन्जपोस्टका वनकर्मीको मिलोमतोमा लामो समयदेखि चुरे क्षेत्रमा पुनः फँडानी भइरहेको छ । शुक्रबार प्रहरीले अर्काे छुट्टै घटनामा चुरे फँडानीमा संलग्न भनिएका अर्जुन भट्टराईलाई पनि पक्राउ गरेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?