+
+

नेपालको फापर जापानमा ‘सोमरस’

अनलाइनखबर अनलाइनखबर
२०७१ मंसिर २७ गते ११:५०

somras-3टोकियो । नेपालको पश्चिमी विकट पहाडमा उत्पादन हुने फापरले जापानमा अायात भर्इ मदिरा उत्पादन हुन थालेको छ । मयूर कर्पोरेशन लिमिटेडले उत्पादन गरेको उक्त ब्ल्यू लेवलको मदिराको संस्कृति, पर्यटन तथा नागरिक उड्डेयनमन्त्री दीपकचन्द्र अमात्य र जापानका लागि नेपाली राजदूत डा. मदनकुमार भट्टराईले संयुक्त रूपमा उद्घघाटन गरे ।

जापानको टोकियोस्थित एक कार्यक्रमकाबीच मन्त्री अमात्य र जापानका लागि नेपाली राजदूत भट्टराईले ‘सोमरस’को संयुक्त रुपमा ‘सोमरस’को उद्घाटन गर्दै उत्पादित कम्पनीलार्इ धन्यवाद दिए ।

somras-1जापानका लागि नेपाली राजदूत भट्टराईले नेपालको विकट पहाडी क्षेत्रबाट उत्पादन हुने फापरलाई जापानको बजारसम्म पुर्याएर मदिरा उत्पादन गरेकोमा मयूर कर्पोरेशन लिमिटेडका प्रवन्ध निर्देशक अरुणकुमार श्रेष्ठलाई धन्यबाद दिए । भट्टराईले नेपाली फापरबाट निर्मित मदिराको फाइदाबारे समेत प्रस्ट पारे । नेपालको पहाडी इलाकाबाट जापानसम्म नेपाली फापर आयात गरी अन्तर्राष्ट्रिय बजारमा समेत चिनाउन योगदान दिएको भन्दै कम्पनीप्रति गरेकोमा आभार प्रकट गरे ।

somras-2उक्त समारोहमा एनआरएन उपाध्यक्ष भवन भट्ट एवम् पदाधिकारीहरु, विभिन्न संघ-संगठनका पदाधिकारी, लगायत विभिन्न क्षेत्रका जापानी तथा नेपाली समाजसेवीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा नेपालबाट आएका सर्वोच्च अदालत र विभिन्न अदालतका १४ जना न्यायधिवक्ताहरुको पनि उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?